अन्नपूर्ण दिवसमा पोखरामा फ्रान्सका नागरिकलाई होटल, खाना र यातायात निशुल्क

हिमाल आरोहण पश्चात नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यको रुपमा चिनिन पुगेको भन्दै पर्यटन व्यवसायीले अन्नपूर्ण आरोहण दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउँदै आएका छन् ।

पोखरा । पर्यटन प्रर्वद्धनमा विभिन्न गतिविधि गर्दै आइरहेको टे«किङ एजेन्सिज एशोसियशन अफ नेपाल टानले अन्नपूर्ण आरोहरण दिवस मनाउने भएको छ । सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलिले ८ हजार मिटर भन्दा अग्लो हिमाल चढेका थिए । त्यसमा अन्नपूर्ण (८०९१)पहिलो चढिएको हिमाल हो ।

हिमाल आरोहण पश्चात नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यको रुपमा चिनिन पुगेको भन्दै पर्यटन व्यवसायीले अन्नपूर्ण आरोहण दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउँदै आएका छन् । सफल आरोही हार्जोकले लेखेको पुस्तक ‘अन्नपूर्णाज’ कुनै समय निकै विक्री भएको पुस्तकमा पर्दछ ।

अन्नपूर्ण आरोहणको ६९ वर्ष पुरा भएको छ । यसै सन्दर्भमा टान पश्चिमाञ्चल क्षेत्रीय संघले पोखरामा रहेका विभिन्न पर्यटन सम्वद्ध संघसंस्थासँग हातेमालो गरेर यो दिवस मनाउन लागेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

गण्डकी प्रदेशमा पर्ने तीन वटा ८ हजार मिटर अग्ला मनास्लु, अन्नपूर्ण, धौलागिरि रहेका छन् । अन्नपूर्ण विश्वको १० अग्लो हिमालमा पर्दछ । साहसिक पदयात्राको रुपमा चिनिएको (अन्नपूर्ण चक्रीय पदयात्रा) एविसी र पुन हिल समेत प्रसिद्ध छन् ।

‘टुरिजम फर टुगेदर’ भन्ने नाराका साथ टानले यस वर्ष पनि नेपाल पर्वतारोहण संघ(एनएमए) र अन्य पर्यटकीय संघ संस्थाको सहकार्यमा अन्नपूर्ण आरोहण दिवसको पूर्व सन्ध्यामा मादीगाउँपालिका वडा नं. ३ मा रहेको याङ्जाकोट गाउँमा १ रात २ दिनको घरबास कार्यक्रम गर्न लागेको टानका अध्यक्ष हरी भूजेलले बताए ।

साथै जून ३ मा काठमाडौबाट पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई निशूल्क वस सेवा तथा पोखरामा खाना र बास समेत व्यवस्था गरेको भुजेलले बताए । ‘हामीले नाट्टासँग सहकार्यमा पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई एक दिन निशुल्क यात्राको व्यवस्था गरेका छौ त्यस्तै भने होटल संघले एक रातको आवास र रेवान पोखराले दिवा खानाको व्यवस्था गरेको छ,’ उनले भने ।

नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख मणी लामिछाने पर्यटन प्रवद्र्धनमा सरोकारवाला संघ संस्थासँग हातेमालो गरेर अघि बढ्न सके उपलब्धी हासिल हुने बताए ।
टान पश्चिमाञ्चलले नेपाल पर्यटन बोर्ड मार्फत फ्रान्सेली राजदुतावासमा पनि यसबारे जानकारी गराएर फ्रान्सेली पर्यटकलाई पोखरा भ्रमण वातावरण बनाउन पहल गरिने टानका सचिव जीवनराज सापकोटाले जानकारी दिए ।

-रासस