सरकारको नेतृत्व लिएको पहिलो दिन उच्च अङ्कले बढेको धितोपत्र सूचक त्यसपछि लगातार दोहोरो अङ्कले घटेको हो ।
सेयर लगानीकर्ताले हतारिएर नाफा बुक गर्न खोज्दा केपी शर्मा ओली प्रधानमन्त्री बनेपछिको सुधार टिक्न सकेन । सरकारको नेतृत्व लिएको पहिलो दिन उच्च अङ्कले बढेको धितोपत्र सूचक त्यसपछि लगातार दोहोरो अङ्कले घटेको हो ।
गत साताको अन्तिम दिन बिहीबार केपी शर्मा ओली प्रधानमन्त्री भएसँगै ३६ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो र दोस्रो दिन निरन्तर दोहोरो अङ्कले घटेको छ ।
यो साताको पहिलो दिन आइतबार नेप्से सूचक ११ अङ्कले घटेको थियो । सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार रोकिएको नेप्सेमा मङ्गलबार पनि १७ अङ्कभन्दा धेरैले घटेको छ ।
मङ्गलबार कारोबार सुरु हुँदादेखि घटेको नेप्से परिसूचक बन्द हुदाँसम्म कायम रहेको पछिल्लो समयमा बैङ्किङ प्रणालीमा समस्या देखिएपछि बजार सूचकमा सुधार आउन सकेको छैन ।
मङ्गलबार नेप्से सूचक दोहोरो अङ्कले घटेसँगै कारोबार पनि ४० करोडमा सीमित भएको छ ।
कारोबार सुरु हुँदा १४१३.९ अङ्कमा रहेको नेप्से १७.१८ अङ्कले बढेर १३९६.७२ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि साढे ३.६६ अङ्कले घटेको छ ।
नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैङ्किङ १५.३९, बिमा ११०.५६, लघुवित्त समूह ३७.५१, वित्त २.८८, उत्पादनमूलक ५०.५६,जलविद्युत् समूह २५.४२, विकास बैङ्क १८.२८ र व्यापार समूह ३.४ अङ्कले घटेका छन् । तर, होटल ३.३५ र अन्य समूह भने ०.३८ अङ्कले बढेका छन् ।
मङ्गलबार नेप्सेमा १६० कम्पनीको ४ हजार १ सय ७८ कारोबारबाट ४० करोड ५८ लाख रुपैयाँ बराबरको १० लाख १९ हजार ६ सय ९० कित्ता सेयर किनबेच भएको छ ।