८ जना शेर्पाले हिमालकाे फाेहाेर सङ्कलन गरेका थिए । १० हजार ८ सय २४ किलो फाेहाेर सङ्कलन भएको मा ४ हजार काठमाडौं पुर्याइसकिएको छ ।
लुक्ला । पहिलोपटक सगरमाथा सफाइमा जुटेको सरकारले १० हजार ८ सय २४ केजी फाेहाेर सङ्कलन गरेको छ । वैशाख १ गतेबाट सुरु गरेको सफाइ अभियान साेमबार समापन गरिएको छ ।
साेलुखुम्बुकाे नाम्चेमा आयाेजित सगरमाथा हिमाल सफाइ अभियान अवलोकन कार्यक्रमलाई रक्षामन्त्री ईश्वर पाेखरेलले समापन गरेका हुन् ।
८ जना शेर्पाले हिमालकाे फाेहाेर सङ्कलन गरेका थिए । १० हजार ८ सय २४ किलो फाेहाेर सङ्कलन भएको मा ४ हजार काठमाडौं पुर्याइसकिएको छ ।
नाम्चेमा रहेको जल्नेखालका फाेहाेर यहीँ जलाउने र बाँकी काठमाडौं लगेर राखिने आयाेजकले तयारी गरेकाे छ ।
सफाइ अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, खुम्बु पासाङ ल्हामु गाउँपालिका, वन मन्त्रालय, नेपाली सेना, नबिल बैंङ्क तथा काेकाकाेलालगायतले प्रायाेजन गरेका थिए ।