सेयर बजारमा सामान्य वृद्धि, शिवम् सिमेन्ट र प्रभु बैङ्कको बढी कारोबार

बजार सामान्य अङ्कले बढ्दा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । शिवमको प्रतिकित्ता ५८८ रुपैयाँमा ७ करोड १३ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

काठमाडौं । सेयर बजार सामान्य अङ्क बढेको छ । साताको दोस्रो दिन सोमबार बजार ०.३४ अङ्क मात्र बढेको छ । सेयर बजार घटेपछि कारोबार रकममा समेत गिरावट आएको छ ।

सोमबार कुल ५१ करोड ९५ लाख ५६ हजार रुपैयाँबराबरको १७ लाख १ हजार ६४ कित्ता सेयर किनबेच भएको छ । बजार सामान्य अङ्कले बढ्दा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । शिवमको प्रतिकित्ता ५८८ रुपैयाँमा ७ करोड १३ लाख ७८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै प्रभु बैङ्कको प्रतिकित्ता २७६ रुपैयाँमा ६ करोड ४१ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

बैङ्किङ र बिमा परिसूचकमा गिरावट आएको छ भने वित्त, होटल, विकास बैङ्क, जलविद्युत्, लघुवित्त र म्युचुअल फन्डको बढेको छ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैङ्कको सेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् ।