गरियो सगरमाथा सफाइ (फाेटाे फिचरसहित)

सफाइ अभियानलाई विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ), कोकाकोला कम्पनी, बोटलर्स नेपाल, प्रभु बैङ्क लिमिटेड, एनसीसी बैङ्क लिमिटेड, नबिल बैङ्क लिमिटेड, सोनाम गियर र तारा एयरलाइन्सले प्रायोजन गरेका छन् ।

लुक्ला (सोलुखुम्बु) । विश्वको सर्वोच्च शिखर सगरमाथा हिमालको सरकारी स्तरबाट पहिलो पटक सफाइ गरिएको छ । सगरमाथामा फोहोर बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला सरकारले वैशाख १ गतेबाट सफाइ अभियान सुरु गरेको थियो ।

४५ दिन लगाएर गरिएको सफाइ अभियानबाट १० हजार ८ सय २४ किलो फोहोर सङ्कलन गरिएको छ । सोलुखुम्बुको नाम्चेदेखि सगरमाथाको शिखरसम्म सफाइ गरिएको हो । सफाइ अभियानमा ८ जना शेर्पा सहभागी थिए ।

सफाइ अभियानमा नेपाली सेनाले फोहोर उठाउन निःशुल्क रुपमा हेलिप्कटर दिनुका साथै शमशेर गुल्मका सेनाहरुसमेत सहभागी भएका थिए ।

सफाइ अभियानका आयोजकका रुपमा रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश १, खुम्बु पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति, नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ छ ।

सफाइ अभियानलाई विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ), कोकाकोला कम्पनी, बोटलर्स नेपाल, प्रभु बैङ्क लिमिटेड, एनसीसी बैङ्क लिमिटेड, नबिल बैङ्क लिमिटेड, सोनाम गियर र तारा एयरलाइन्सले प्रायोजन गरेका छन् ।

सङ्कलित फोहोर सोमबार नाम्चेमा प्रदर्शन गरिएको थियो । त्यसमध्ये जल्ने खालको फोहोर त्यही जलाइएको र बाँकीलाई राजधानी ल्याइएको छ । सो फोहोरलाई विश्व सगरमाथा दिवसको अवसर पारेर मङ्गलबार पुनः प्रदर्शन गर्ने कार्यक्रम छ ।

तस्बिर सौजन्य : शमशेर गुल्म