शिवम् सिमेन्ट र प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिए, ७५ करोडको सेयर कारोबार

मङ्गलबार बजार २.५३ अङ्कले बढ्दा ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँबराबरको २४ लाख १२ हजार ९६२ रुपैयाँको सेयर कारोबार भएको छ । होटल बिमा र लघुवित्त परिसूचक घटेको छ भने बैङ्क तथा वित्त, जलविद्युत, उत्पादनमूलक र म्युचुअल फन्डको सेयर मूल्य बढेको छ ।

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेड र प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा बढी कारोबार भएको छ । मङ्गलबार शिवम्को प्रतिकित्ता ६४६ रुपैयाँ १६ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

शिवम्को सेयर मूल्य १० प्रतिशत बढेको छ । पछिल्लो समयमा शिवम्को सेयरमा लगानीकर्ता झुम्मिँदै आएका छन् । यस्तै प्रभु बैङ्कको प्रतिकित्ता २७८ रुपैयाँमा १६ करोड १६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

मङ्गलबार बजार २.५३ अङ्कले बढ्दा ७५ करोड ६८ लाख ९१ हजार रुपैयाँबराबरको २४ लाख १२ हजार ९६२ रुपैयाँको सेयर कारोबार भएको छ । होटल बिमा र लघुवित्त परिसूचक घटेको छ भने बैङ्क तथा वित्त, जलविद्युत, उत्पादनमूलक र म्युचुअल फन्डको सेयर मूल्य बढेको छ ।

मङ्गलबार ज्योति विकास बैङ्क, रिलायन्स फाइनान्स लिमिटेड र शिवम्का लगानीकर्ताले कमाएका छन् ।