फेसनको रुपमा हिमाल आरोहण गर्नेहरुका कारण मृतकको संख्या बढ्योः सञ्चारमन्त्री बाँस्कोटा

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यो वर्ष १९ जना आरोहिको निधन भएपछि विश्वभर सगरमाथा हिमालमा ट्राफिक जाम भएको हल्ला फैलिरहेको बेला सरकारकोतर्फबाट धारणा राख्दै सञ्चारमन्त्री बाँस्कोटाले स्पष्टीकरण दिएका हुन् ।

काठमाडौं । हिमाल आरोहणको क्रममा पर्याप्त तालिम नलिएकै कारण यो वर्ष धेरै आरोहिको निधन भएको सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

१२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यो वर्ष १९ जना आरोहिको निधन भएपछि विश्वभर सगरमाथा हिमालमा ट्राफिक जाम भएको हल्ला फैलिरहेको बेला सरकारकोतर्फबाट धारणा राख्दै सञ्चारमन्त्री बाँस्कोटाले स्पष्टीकरण दिएका हुन् ।

उनले हिमालमा शेर्पाले मात्र मयुर जसरी नाच्न सक्ने बताउँदै फेसनको रुपमा आरोहण गर्नेको संख्या वृद्वि हुँदा मृतकको संख्या बढेकोले त्यसतर्फ सचेत रहन पर्यटन बिभागलाई निर्देशन दिएका छन् ।

पर्याप्त तालिम लिएकाहरुलाई मात्र हिमाल आरोहणको अनुमति दिन सम्बन्धित निकायलाई निद्रेशन दिएका हुन् । उनले हिमाल को सुरक्षाको लागि नेपाल र नेपाल बाहिर साझा अभियान सुरु गर्नु पर्ने बताए ।