राजनीतिक परिदृश्यमा कुनै परिवर्तन नभएको स्थितिमा बजार अझ घट्ने सम्भावना प्रबल छ । बुधबार नेप्से सूचक मात्र घटेको छैन, कारोबार रकममा पनि व्यापक गिरावट आएको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । बजारको ट्रेन्डले अर्थमन्त्री कुरेको देखाउँछ ।
राजनीतिक सहमतिपछि सेयर बजार बढ्ने धेरैको अपेक्षालाई नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)ले भने उपेक्षा गरेको छ । वाम गठबन्धनको सरकार बन्ने निर्णयसँगै बढेको नेप्से परिसूचक केपी शर्मा ओली प्रधानमन्त्री भएको दिन गत बिहीबार ३६.०१ अङ्कले बजार बढे पनि त्यसपछिका दिन भने बिस्तारै ओरालो झर्ने क्रम सुरु भएको छ । र हरेक दिनजसो दोहोरो अङ्कले बजार घटेको छ ।
आज (बुधबार) पनि नेप्से परिसूचक ९.६४ अङ्कले घटेर १३८७.०८ अङ्कमा सीमित भएको छ । आज बजार सुरुदेखि नै घटेको हो । बुधबारको कारोबारलाई हेर्ने हो भने आगामी केही दिन बजार अझै घट्ने सम्भावनातर्फ उन्मुख भएको छ । राजनीतिक परिदृश्यमा कुनै परिवर्तन नभएको स्थितिमा बजार अझ घट्ने सम्भावना प्रबल छ । बुधबार नेप्से सूचक मात्र घटेको छैन, कारोबार रकममा पनि व्यापक गिरावट आएको छ । लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा छन् । बजारको ट्रेन्डले अर्थमन्त्री कुरेको देखाउँछ । आइतबार एकाएक पूववर्ती सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम ओली सरकारले फिर्ता लिने र नयाँ नाम पठाउने बजार हल्लासँगै सेयर बजार प्रभावित भएको हो । नभन्दै सोमबार एकाएक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा पूर्व गभर्नर डा. युवराज खतिवडासहितलाई मनोनयन गरेपछि सेयर बजार प्रभावित छ ।
खासगरी राष्ट्रियसभामा खतिवडाको मनोनयनले उनी अर्थमन्त्रीको प्रबल दाबेदारका रुपमा प्रस्तुत गरिँदा लगानीकर्ता निरास बनेका छन् । खासगरी राष्ट्र बैङ्कमा रहँदा ‘मार्जिन लेन्डिङ’मा कडाइ गरेर सेयर बजारको विपक्षमा उभिएको आरोप लागेका खतिवडा अर्थमन्त्री भएमा सेयर बजारलाई अझ कडाइ गर्ने आशङ्कामा लगानीकर्ता छन् ।
बुधबार नेप्सेमा वर्गीकृत सबै समूह सूचकहरु घटेपछि नेप्से परिसूचक पनि घटेको हो । सबैभन्दा बढी बिमा समूह सूचक ३६.९८ अङ्कले घटेको छ भने लघुवित्त समूह ३.९ अङ्कले घटेको छ ।