सेयर ५.५८ अङ्क बढ्दा १५२ करोडको कारोबार

शिवमकाे प्रतिकित्ता ६६१ रुपैयाँमा १७ करोड १९ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल बैङ्कको प्रतिकित्ता ३३९ रुपैयाँमा १६ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ५.५८ अङ्कले बढे पनि डेढ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बिहीबार १ अर्ब ५२ करोड ८१ लाख रुपैयाँ बराबरको ४८ लाख ९४ हजार ६८१ कित्ता सेयर कारोबार भएको छ । बिहीबार शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

शिवम्को प्रतिकित्ता ६६१ रुपैयाँमा १७ करोड १९ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल बैङ्कको प्रतिकित्ता ३३९ रुपैयाँमा १६ करोड ६१ लाख रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

बिहीबार बैङ्किङ, जीवन बिमा र म्युचअल फन्डको परिसूचक बढेको छ भने अन्य क्षेत्रको घटको छ ।