गण्डकी प्रदेश सरकारले पर्यटनका लागि ४० नयाँ गन्तव्यको खोजी गर्ने

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए ।

दमौली । गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिए ।

शुक्रबार दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री लम्सालले प्रत्येक जिल्लामा फरक–फरक गन्तव्य बनाउने सरकारको सोच रहेकाले त्यसका लागि अध्ययन गर्ने तयारी गरिउको बताए ।

सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकार अगाडि बढेको र उक्त लक्ष्य पूरा गराउन पर्यटकीय गन्तव्य पहिचान आवश्यक रहेको उनको भनाइ थियो । रासस