शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी सेयर कारोबार, कसको कति (सूचिसहित)

शिवमको ६६ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । पछिल्लो समयमा शिवमको सेयर मूल्यका बढ्नुका साथै धेरै कारोबार हुने कम्पनीको सूचीमा परेको छ ।

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । शिवमको ६६ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । पछिल्लो समयमा शिवमको सेयर मूल्यका बढ्नुका साथै धेरै कारोबार हुने कम्पनीको सूचीमा परेको छ ।

दोस्रो स्थानमा प्रभु बैङ्क छ । यो साता प्रभुको ४३ करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तेस्रो बढी कारोबार नेपाल बैङ्कको छ । नेपालको ३३ करोड ८१ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको २६ करोड २७ लाख ६० हजार र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको १२ करोड १२ लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो साता ४ अर्ब ४४ करोड १६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम गत साताको भन्दा १३.७७ प्रतिशत कम रहेको नेप्सेले जानकारी दिएको छ । गतसाता ५ अर्ब २ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बजार पुँजीकरणका आधारमा नेपाल टेलिकम सबैभन्दा ठुलो कम्पनी भएको छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ छ । यसपछि नविल बैङ् नेपाल इन्भेस्टमेन्ट बैङ्क र स्ट्याण्डर्ड चाटर्ड बैङ्क रहेका छन् ।

ओम डेभलपमेन्ट बैङ्कलाई मर्जर गर्ने भएपछि एनएमबीको सेयर कारोबार रोक्का हुँदा १० औं स्थानमा कृषि विकास बैङ्कको प्रवेश भएको छ । विकासको बजार पुँजीकरण बढेर ३८ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।