इन्भेस्टमेन्ट बैङ्कको म्युचअल फण्ड खुल्यो, २ लाख ५० हजार इकाईसम्म आवेदन दिने पाइने

फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेसम्म तोकिएको योजना व्यवस्थापक एनआईबीएलले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट कोषको प्रवद्र्धक रहेको छ ।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडले आईतबारदेखि सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेको छ । एनआईबीएलले ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ एनआईबीएल सहभागिता फण्ड निष्कासन गरेको हो ।

फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेसम्म तोकिएको योजना व्यवस्थापक एनआईबीएलले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट कोषको प्रवद्र्धक रहेको छ ।

कुल निष्कासन मध्ये १० लाख इकाई बिउँपुँजी वापत एनआईबीएल र ६५ लाख इकाई नेपाल इन्भेस्टमेन्टलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड २५ लाख इकाई संस्थागत र सर्वसाधारणलाई निष्कासन गरिएको एनआईबीएलले जनाएको छ ।

न्युनतम १०० र अधिकतम २ लाख ४० हजार इकाईसम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक समेत रहेको एनआईबीएलले जनाएको छ । म्युचअल फण्डका लागि सी आस्वा सदस्य रहेका बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयर खातामार्फत आवेदन दिन पाइने छ ।