कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीका लागि प्रतिसेयर एक सयका दरले कुल १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि आवेदन खुल्ला रहेको कम्पनीले जनाएको छ ।
रसुवामा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सेयर शुक्रबारदेखि बिक्री हुने भएको छ । कम्पनीले वित्तीय व्यवस्थापन गर्न कम्पनीको स्वपुँजी अन्तर्गतको सर्वसाधारण समूहका सेयरधनीलाई छुट्याइएको ४९ प्रतिशतमध्ये पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका स्थानीय तह)का कर्मचारीहरुका लागि ३.५ प्रतिशत तथा ऋणदाता संस्था कर्मचारीका लागि एक प्रतिशत गरी २४ प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।
कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता कर्मचारीका लागि प्रतिसेयर एक सयका दरले कुल १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयरका लागि आवेदन खुल्ला रहेको कम्पनीले जनाएको छ । कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका स्थानीय तह) का कर्मचारीहरुका लागि प्रतिसेयर १ सय रुपैँयाका दरले कुल ६ लाख ८४ हजार २ सय १० कित्ता सेयर निष्काशन गर्ने छ ।
दोस्रो चरणमा आयोजना प्रभावित रसुवाबासीलाई छुट्याइएको १० प्रतिशत अर्थात् ६८ लाख ४२ हजारका १ सय कित्ता सेयर र अन्तिम चरणमा सर्वसाधारणका लागि छुट्याएको १५ प्रतिशत अर्थात् १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर निष्काशन गर्ने छ ।
दुवै आयोजनामा कम्पनी र कर्मचारी कोषबीच ऋण सम्झौता भई बहाल रहेका र नेपाल धितोपत्र बोर्डबाट वितरणपत्र स्वीकृत थप भएका सञ्चयकर्ता, संस्थापक, कर्मचारी र ऋणदाता संस्थाहरुका कर्मचारीहरुले सेयर आवेदन दिन सक्ने जनाइएको छ । आवेदन दिँदा अनिवार्य रुपमा डिम्याट खाता नम्बर उल्लेख गर्नु पर्ने र सी—आश्वा प्रणालीमार्फत आवेदन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक तोकिएको छ भने एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराईज क्यापिटल सहायक बिक्री प्रबन्धक हुन् ।