प्रिमियर इन्स्योरेन्सको सेयरधनीलाई बम्पर लाभांश, ८३.९९ प्रतिशत प्रस्ताव

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट ४६ करोड ६० लाख रुपैयाँ बोनस सेयर र २ करोड ४५ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र ४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट ४६ करोड ६० लाख रुपैयाँ बोनस सेयर र २ करोड ४५ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । नियामक बिमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।