बम्पर लाभांशले लगानीकर्ता प्रिमियर इन्स्योरेन्समा झुम्मिए, सबैभन्दा बढी सेयर कारोबार

प्रिमियरको प्रतिकित्ता १ हजार १७३ रुपैयाँमा १३ करोड २ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र ४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

काठमाडौं । बम्पर लाभांश प्रस्ताव गरेपछि लगानीकर्ता प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा झुम्मिएका छन् । प्रिमियरले सेयरधनीलाई ८३.९९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेपछि आइतबार सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

प्रिमियरको प्रतिकित्ता १ हजार १७३ रुपैयाँमा १३ करोड २ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ७९.७९ प्रतिशत बोनस सेयर र ४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट ४६ करोड ६० लाख रुपैयाँ बोनस सेयर र २ करोड ४५ लाख रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो । नियामक बिमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रिमियरपछि शिवम् सिमेन्ट लिमिटेडको कारोबार भएको छ । शिवमको प्रतिकित्ता ६७१ रुपैयाँमा ९ करोड ३७ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । आइतबार ७५ करोड ३२ लाख ५७ हजार रुपैयाँ बराबरको २० लाख ७८ हजार ९१ कित्ता सेयर किनबेच भएको छ ।

आइतबार बजार १३.७९ प्रतिशत घटेर १ हजार ३०५ अङ्कमा झरेको छ । होटल र उत्पादनमूलकबाहेक सबै परिसूचकको सेयर मूल्य घटेको छ । सेयर बजार घटेका बेला कन्काई विकास बैङ्क र तारागाउँ रिजेन्सी होटल लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।