पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडा राष्ट्रियसभामा मनोनीत हुने हल्लासँगै अर्थमन्त्री बनाइने भनेर भएको चर्चाले यो साताको सेयर बजार प्रभावित भएको छ ।
नयाँ सरकार बने पनि मुलुकको अर्थतन्त्रको बागडोर कसले सम्हाल्ने भन्ने यकिन नहुँदा अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजार प्रायः स्थिरजस्तै देखिएको छ । साताभर चार दिन सेयर कारोबार भएको चारै अघिल्ला तीन दिन दोहोरो अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बिहीबार (आज) ०.१ अङ्कले मात्र घटेको छ ।
बिहीबारको सुरुवाती कारोबारमा न्यूननम हिसावले बढ्ने सङ्केत देखाएर १३८७.९९ अङ्कमा पुगेको नेप्से त्यसको केही समयपछि नै १३८२.६ अङ्कसम्म झरेको थियो । तर, मध्याह्नपछि बजारमा केही सुधारको सङ्केत देखिएर १३९५.०५ अङ्कसम्म चढेको नेप्से कारोबार बन्द भने १३८६.९८ अङ्कमा आएर भएको छ । बुधबार नेप्से १३८७.०८ अङ्कमा रोकिएको थियो । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा सरकार गठन भए पनि अर्थमन्त्री को आउने भन्ने यकिन नहुँदा त्यसको असर बजारमा परेको देखिन्छ ।
पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडा राष्ट्रियसभामा मनोनीत हुने हल्लासँगै अर्थमन्त्री बनाइने भनेर भएको चर्चाले यो साताको सेयर बजार प्रभावित भएको छ । विगतमा सेयर बजारप्रति कडा नीति अँगालेका कारण उनी अर्थमन्त्री भए लगानीकर्ता निरास भई सेयर बजार अझ अनुमान गरिएको छ ।
बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । बुधबार २८ करोडको कारोबार भएको सेयर बजारमा बिहीबार साढे ४२ करोड रुपैयाँ पुगेको छ । नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ । बिहीबार नेप्सेमा कारोबार भएका बैङ्क, जलविद्युत् तथा लघुवित्त कम्पनीको सेयर मूल्य घटेपछि सम्पूर्ण समूहगत सूचक पनि नकारात्मक भएका छन् । नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ ०.४१, होटल ९.९४, बिमा ३४.६६ लघुवित्त ४.४८ र जलविद्युत् समूह १३.१५ अङ्कले घटेका छन् । तर, बिहीबार विकास बैङ्क ३.०९, वित्त ०.२८, उत्पादनमूलक ४१.५४ र अन्य समूह ५.०१ अङ्कले बढेका छन् ।