गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको १२ प्रतिशत अर्थात १५ करोड ५८ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउनका लागि हकप्रद सेयर निष्कास गर्ने प्रस्ताव ११ औं साधारणसभामा लैजाने भएको छ ।
कम्पनीको चुत्तापुँजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ छ । बिमा समितिले चुत्तापुँजी बढाएर न्युनतम २ अर्ब रुपैयाँ पुर्याएपछि सूर्याले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुत्तापुँजीको १२ प्रतिशत अर्थात १५ करोड ५८ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्ने छ । बोनस सेयर वितरणपछि नपुग रकम हकप्रदबाट पुरा गर्ने कम्पनीको योजना छ ।