सेयर बजार राताम्मे, १३०० अङ्कबाट ओरालो लाग्यो

सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका छन् । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको २१ लाख ७६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ ।

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार ओरालो लागेको छ । आइतबार बजार १३.७९ अङ्क घटेकोमा सोमबार १२.८४ अङ्क घटेको छ । दुई दिन सेयर बजार २५ अङ्कले घटेको छ ।

सोमबार सेयर बजारका सबै परिसूचक घटेर राताम्मे भएका छन् । सेयर बजार १ हजार ३०० अङ्कबाट तल झरेर १ हजार २९२ अङ्कमा सीमित भएको छ । सोमबार ६९ करोड ८७ लाख रुपैयाँ बराबरको २१ लाख ७६ हजार ३७० कित्ता सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी एनआईसी एसिया बैङ्कको सेयर कारोबार भएको छ । एनआईसीको प्रतिकित्ता ४६८ रुपैयाँमा ९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै शिवम सिमेन्ट लिमिटेडको प्रतिकित्ता ६५५ रुपैयाँमा ६ करोड ७ लाख २६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सेयर बजार घट्दा तारागाउँ रिजेन्सी होटल लिमिटेड र गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।