९ ओटा हिमाल आरोहण गरेका शेर्पालाई टान र एनएमएले गर्यो सम्मान

दिवसकै अवसरमा हिमाल आरोही मिङ्गमा ग्याबु शेर्पालाइ नगद ११ हजारसहित सम्मान पनि गरिएको थियो । सन् २०१० मा पहिलो पल्ट सगरमाथा आरोहण गरेका आरोहि शेर्पाले ८ हजार मिटर अग्ला ९ ओटा हिमालको सफल आरोहण गरिसकेका छन् ।

चिप्लेढुङ्गा । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण संघ(एनएमए) अन्नपूर्ण च्याप्टरको संयुक्त आयोजनामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ । करिब ६९ वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलीले ८ हजार मिटरभन्दा अग्लो हिमाल चढेका थिए । त्यसमा अन्नपूर्ण (८०९१)पहिलो चढिएको हिमाल हो । यही दिनको सन्दर्भ पारेर दिवस मनाइएको हो ।

दिवसकै अवसरमा हिमाल आरोही मिङ्गमा ग्याबु शेर्पालाइ नगद ११ हजारसहित सम्मान पनि गरिएको छ । सन् २०१० मा पहिलो पल्ट सगरमाथा आरोहण गरेका आरोहि शेर्पाले ८ हजार मिटर अग्ला ९ ओटा हिमालको सफल आरोहण गरिसकेका छन् । ताप्लेजुङ्का मिङ्गमाले सुरुमा सन् २०१० हिमाल आरोहिको सहयोगीको रुपमा सगरमाथा आरोहणमा जुटेका थिए ।

त्यसपछि आरोहणको व्यवसायिक तालिम लिएर सगरमाथा चुचुरोमा पुग्न सफल भएका हुन् । सगरमाथा, अन्नपूर्ण, चोयु, कञ्जनजंघा, मनास्लु, धौलागीरि, लोत्से, मकालु र पाकिस्तानको केटु हिमाल शेर्पाले सफल आरोहण गरेका छन् । सगरमाथा आरोहण का लागि ८ पटक प्रयास गरेकोमा ६ पटक सफल आरोहण गर्न सफ भएका शेर्पा दुई पटक प्राविधिक र वातावरणीय कारणले आफू असफल भएको बताउँछन् ।

शेर्पाले प्रोजेक्ट पोसिवल भन्ने अभियान अन्तर्गत ७ महिनाभित्र विश्वका १४ ओटा ८ हजार मिटर अग्ला हिमाल आरोहणको तयारी गरेका छन् । त्यसैगरी ७ महादेशमा ७ ओटा उच्च हिमश्रृखंला पर्दछन् भने तीमध्ये शेर्पाले तीन ओटा आरोहण गरिसकेका छन् । रसियाको माउन्ट एल्बस, अर्जेन्टीनाको माउण्ट अकोन्कागाउ र एसियाको सगरमाथा रहेका छन् । बाँकि चार उच्च हिमश्रृखंला पनि छिट्टै चढ्ने उनको भनाई छ ।

हिमालमा आरोहीका शव कुचेर हिमाल उक्लिरहनु पर्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै उनी भन्छन्, ‘पछिल्लो समय हिमाल चढ्ने कुरालाई देखासिकी, ‘इगो र अन्डरमेटस्टीमेट’ गरिएको छ, यो राम्रो होइन ।’

किर्तिमानी आरोही शेर्पाले हिमाल आरोहणलाई कुनै रहर मनोरञ्जनसँग नजोडि नेपालको पर्यटन पर्वतारोहणलाई विश्वमा चिनाउने काम गरेकाले उनलाई सम्मान गरेको टान पश्चिमाञ्चलका अध्यक्ष हरी भुजेलले बताए ।
अन्नपूर्ण हिमाल आरोहण पश्चात नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तब्यको रुपमा चिनिन पुगेको भुजेलको भनाइ छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङ, मादि गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, पर्यटन व्यवसायिहरु, पत्रकार, स्थानीयबासीको सहभागितामा थियो ।