सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई ८६ प्रतिशत बोनस सेयर दिने, असार १३ गते साधारणसभा

सगरमाथको चुक्तापुँजी ५३ करोड ८२ लाख रुपैयाँ छ । बोनस सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनलाई ८६ प्रतिशत बोनस सेयर दिने भएको छ । सेयरधनीलाई बोनस दिने प्रस्ताव पारित गर्न सगरमाथाले असार १३ गते २२ औं वार्षिक साधारणसभा बोलाएको छ ।

सगरमाथको चुक्तापुँजी ५३ करोड ८२ लाख रुपैयाँ छ । बोनस सेयर जारीपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ पुग्ने छ । यस्तै सभाले सञ्चालक समितिको संख्या ७ जना बनाउने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

जसअनुसार संस्थापकबाट ३, विदेशी लगानीकर्ताबाट १, सर्वसाधारणबाट २ र स्वतन्त्र १ जना सञ्चालक समिति बन्ने छ ।