पर्वतारोहण क्षेत्रमा शेर्पाहरुको भूमिका उत्कृष्ठ रहँदारहँदै पनि सरकारले शेर्पाहरुलाई वेवास्था गरेको आरोप लागिरहेको बेला हिमाल आरोहीलाई समावेश गरी विज्ञ समूह बनाउन लागिएको हो ।
काठमाडौं । हिमाल आरोहणलाई व्यवस्थित बनाउन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञ समूह बनाउने भएको छ । पर्यटन क्षेत्रको बलियो क्षेत्रको रुपमा रहेको हिमालमा पछिल्लो समय विकृती फैलिएको समचारहरु सार्वजनिक भइरहेको बेला मन्त्रालयले विज्ञ समूह बनाउन लागेको सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
उनले अबको केही दिनभित्रै विज्ञ समूह बनाउने र सो समूहमा २४ औँ पटक हिमाल आरोहण गरी विश्व रेकर्ड राख्न सफल भएका कामिरीता शेर्पालाई पनि समावेश गर्न लागिएको बताए । कामिरीताको सल्लाह र सुझाव अनुसार हिमाल आरोहणलाई व्यवस्थित गर्ने सरकारको तयारी रहेको छ ।
पर्वतारोहण क्षेत्रमा शेर्पाहरुको भूमिका उत्कृष्ठ रहँदारहँदै पनि सरकारले शेर्पाहरुलाई वेवास्था गरेको आरोप लागिरहेको बेला हिमाल आरोहीलाई समावेश गरी विज्ञ समूह बनाउन लागिएको हो ।
८ हजारभन्दा माथिको २० ओटा हिमालमध्ये १४ ओटा हिमाल नेपालमै रहेका कारण धेरै विदेशीहरु हिमाल आरोहणका लागि नेपाल आउने गरेका छन् ।
सर्वोच्च शिखर सगरमाथामा यो वर्ष ट्राफिक जामकै कारण धेरैको मृत्यु भएको समचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो । अर्को वर्षबाट आरोहणलाई व्यवस्थित गरेर लैजान सो विज्ञ समूहले सुझाव दिने छ । रासस