सिकार सौन्दर्य

आरक्षले विभिन्न ६ ब्लकमा सिकार गराउँदै आएको छ । विभागले अधिकांश वर्षमा २६ नाउर र १२ ओटा झारलको सिकार कोटा निर्धारण गरेको छ । अनुमति लिएर विभिन्न पाँच कम्पनीले यहाँ सिकार गर्दै आएका छन् । प्रत्येक पाँच वर्षमा वन्यजन्तुको गणना गरिँदै आएको छ । पछिल्लो गणनामा आरक्षमा तीन सय ८८ झारल र २२ ओटा नाउर छन् ।

ढोरपाटन आरक्ष नेपालको एक मात्र सिकार आरक्ष हो । २०४३ सालमा स्थापना भएको आरक्षले पश्चिम नेपालको म्याग्दी, रुकुम र बागलुङको भूभाग छोएको छ । एक हजार तीन सय २५ वर्गकिमि क्षेत्रफलमा फैलिएको आरक्ष समुद्री सतहदेखि चार हजार मिटर उचाइमा छ । यहाँ बर्सेनि पर्यटक घुम्न आउँछन् । त्यसमध्ये सिकार गर्न आउने पर्यटकको सङ्ख्या ठूलो छ । विशेषगरी वर्षमा मार्चदेखि मे र अक्टोबरदेखि डिसेम्बरसम्मको समय सिकारका ‘सिजन’ हुन् ।

आरक्षले विभिन्न ६ ब्लकमा सिकार गराउँदै आएको छ । विभागले अधिकांश वर्षमा २६ नाउर र १२ ओटा झारलको सिकार कोटा निर्धारण गरेको छ । अनुमति लिएर विभिन्न पाँच कम्पनीले यहाँ सिकार गर्दै आएका छन् । प्रत्येक पाँच वर्षमा वन्यजन्तुको गणना गरिँदै आएको छ । पछिल्लो गणनामा आरक्षमा तीन सय ८८ झारल र २२ सय ओटा नाउर छन् ।

यहाँ हिउँचितुवा, घोरल, कालो भालु, भुक्ने मृग, लङ्गुरलगायत वन्यजन्तुको सिकार भने निषेध गरिएको आरक्षका संरक्षक अणनाथ बरालले बताए । अघिल्लो सिकार याममा आरक्षले ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यहाँ विश्वमै दुर्लभ मानिएका खासगरी गोब्रेसल्ला, भोजपत्र, ठिँग्रेसल्ला, सिन्दूर, धूपीलगायत एक सय ८५ प्रकारका वनस्पति पनि पाइन्छन् । साथै समुद्री सतहको तीन हजारदेखि पाँच हजारसम्मको उचाइमा पाइने जुनसुकै वन्यजन्तु तथा पशुपन्छी यहाँ पाइन्छ ।

शब्द : हरिप्रसाद शर्मा, तस्बिर : शमशेर पराजुली