सेयर कारोबार ३६ प्रतिशत घट्यो, शिवम सिमेन्ट र प्रभु बैङ्कको सबैभन्दा बढी किनबेच

अघिल्लो साता ४ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यो साता घटेर २ अर्ब ५७ करोड ६३ लाख रुपैयाँमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । यो साता सेयर कारोबार ३६ प्रतिशत घटेको छ । अघिल्लो साता ४ अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएकोमा यो साता घटेर २ अर्ब ५७ करोड ६३ लाख रुपैयाँमा सीमित भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

नेप्सेका अनुसार पछिल्लो समयमा बजार घट्नुका साथै कारोबार रकम पनि कम हुँदै गएको छ । यो साता शिवम सिमेन्ट्स लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । शिवमको ३५ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै प्रभु बैङ्कको २१ करोड ९५ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको १८ करोड ५२ लाख र नेपाल बैङ्कको १६ करोड ६० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै एनआईसी एसिया बैङ्कको १५ करोड ७७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ९ करोड ७८ लाख, तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको ९ करोड ६३ लाख, कैलाश विकास बैङ्कको ९ करोड ६३ लाख, कृषि विकास बैङ्कको ७ करोड र नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको ६ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बजार पुँजीकरणका आधारमा सबैभन्दा ठुलो कम्पनी नेपाल टेलिकम भएको छ । टेलिकमको पुँजीकरण १ खर्ब ६ अर्ब ९५ लाख रुपैयाँ छ । यस्तै नविल, नेपाल इन्भेस्टमेन्ट, स्ट्याण्डर्ड चाटर्ड, एभरेष्ट बैङ्क रहेका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हिमालयन, एनआईसी एसिया, नेपाल एसबीआई र कृषि विकास बैङ्क रहेका छन् ।