२०६ करोडको आईपीओ आउँदै, कसको कति (सूचिसहित)

साउनयता धितोपत्र बोर्डले विभिन्न २५ ओटा कम्पनीलाई ७ अर्ब २४ करोड ४ लाख रुपैयाँ बराबरको ७ करोड २४ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

काठमाडौं । लघुवित्त, मर्चेन्ट बैङ्कर र जलविद्युतका गरी १३ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६ लाख ८० हजार ३६० कित्ता पाइपलाइनमा रहेका छन् ।

ती कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन । आवेदन दिने मध्ये ९ ओटा जलविद्युत कम्पनी, ३ ओटा लघुवित्त र एउटा मर्चेन्ट बैंकर सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

धितोपत्र बोर्डले विद्युत नियमन आयोगको स्वीकृति लिएपछि मात्र जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न दिने भएको छ । जलविद्युत कम्पनीको आईपीओ तत्काल नआउने संभावना देखिएको छ ।

ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभम पावर लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, सीईडीबी हाइड्रो फण्ड लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र लाफिङवुद्ध पावर नेपाल लिमिटेड रहेका छन् ।

साउनयता धितोपत्र बोर्डले विभिन्न २५ ओटा कम्पनीलाई ७ अर्ब २४ करोड ४ लाख रुपैयाँ बराबरको ७ करोड २४ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।