अर्घाखाँची सिमेन्टले आईपीओ निष्कासन गर्ने

‘शिवम सिमेन्ट लिमिटेडको आईपीओको बजार अवस्था अध्ययन गरिरहेका छौ । केही समयपछि हामी आईपीओ निष्कासन गर्ने छौं’ निर्देशक मुरारकाले भने ।

काठमाडौ । निजी क्षेत्रबाट सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । उद्योगले आईपीओ छिट्टै निष्कासन गर्ने निर्देशक पशुपति मुरारकाले बताए ।

‘शिवम सिमेन्ट लिमिटेडको आईपीओको बजार अवस्था अध्ययन गरिरहेका छौ । केही समयपछि हामी आईपीओ निष्कासन गर्ने छौं’ निर्देशक मुरारकाले भने ।

१ अर्ब रुपैयाँ वा सो भन्दा बढी पुँजी भएका उत्पादनमुलक उद्योग आईपीओमा जानु पर्ने वाध्यकारी व्यवस्था बजेटमा गरिएको बताउदै उनले ढिलो वा चाँडो पब्लिकमा जानुपर्ने भएकाले निष्कासन गरिने स्पष्टपारे ।

हाल शिवम सिमेन्टले मात्र आईपीओ निष्कासन गरेको छ । शिवमले प्रिमियम दरमा निष्कासन गरेको सेयरको मूल्य झण्डै दोब्बर रहेको छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा ठुला लगानीमा स्थापना भएका उत्पादनमुलक उद्योगले आईपीओ निष्कासनको अनिवार्य व्यवस्था गरेको छ ।
सरकारले बजेटमा गरेको व्यवस्थालाई कम्पनी ऐनमा लिपिवद्ध गर्नुपर्ने भएकाले ठुला उद्योग पब्लिकमा आउन बाटो खुला हुने छ । कम्पनी ऐन संशोधनको तयारीमा छ । अर्घाखाँची निजी क्षेत्रमा स्वदेशी लगानीमा स्थापना भएको मध्य ठुलो उद्योग हो ।