प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, असार १० गते विशेष साधारणसभा

प्रुडेन्सियलको चुत्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ छ । हकप्रद सेयर बाँडफाँडपछि चुत्तापुँजी १ अर्ब २ करोड ६२ लाख ३२ हजार रुपैयाँ पुग्ने छ

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन, प्रवन्धपत्र र नियमावली संशोधन गर्न कम्पनीले असार १० गते विशेष साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट पारित भएपछि हकप्रद निष्कासनको प्रक्रिया थाल्ने कम्पनीले जनाएको छ । प्रुडेन्सियलको चुत्तापुँजी ६४ करोड १५ लाख २० हजार रुपैयाँ छ ।

हकप्रद सेयर बाँडफाँडपछि चुत्तापुँजी १ अर्ब २ करोड ६२ लाख ३२ हजार रुपैयाँ पुग्ने छ । हकप्रद प्रयोजनका लागि असार २ गते सेयर दाखिला, खारेज र दर्ता (बुक क्लोज ) हुने प्रुडेन्सियलले जनाएको छ ।

बिमा समितिले निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको न्युनतम पुँजी १ अर्ब रुपैयाँ तोकेपछि प्रुडेसिन्सयलले पनि हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मर्जर प्राप्ति प्रक्रियामा जाने बिमा कम्पनीलाई कर छुट दिने व्यवस्था गरेको छ । समितिले पुँजी बढाउने दिएको समय गत पुसमा सकिएको छ ।