नेप्सेले ५ बैङ्कलाई राख्यो क वर्गमा, कम्पनीकाे (सूचिसहित)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी र सनराइज बैङ्क परेको जानकारी दिएको छ ।

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा ५ ओटा वाणिज्य बैङ्क क वर्गमा परेका छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट, एनआईसी एसिया, एनएमबी र सनराइज बैङ्क परेको जानकारी दिएको छ ।

धितोपत्र सुचिकरण नियमावलीले न्युनतम पुँजी १ अर्ब रुपैयाँ भएको, नेप्सेमा सुचिकरण भएको ३ वर्ष पुरा, ३ आर्थिक वर्षदेखि लगातार नाफा गरी लगानीकर्तालाई लाभांश वितरण गरेको, नियामक निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको र क्रेडिट रेटिङ औसत भन्दा माथि रहेको कम्पनी क वर्गमा पर्ने व्यवस्था गरेको छ । ५ ओटा बैङ्कले यी प्रक्रिया पुरा गरेका कारण क वर्गमा परेको नेप्सेले जनाएको छ ।

बाँकी अन्य बैङ्क तथा वित्तीय संस्था वगी सी र जेडमा रहेको नेप्सेले जनाएको छ । सूचि हेर्न यहाँ क्लिक गर्नुहोस