सेयर बजार ८.७८ अङ्क घट्यो, ६१ करोडको कारोबार

सोमबार ६१ करोड ३ लाख ४७ हजार रुपैयाँबराबरका २० लाख ७२ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार ८.७८ अङ्क घटेर नेप्से परिसूचक १ हजार २७५ अङ्कमा झरेको छ । पछिल्लो समय सेयर बजारमा गिरावट आउन थालेको छ ।

सोमबार ६१ करोड ३ लाख ४७ हजार रुपैयाँबराबरका २० लाख ७२ हजार ३०४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ । एनआईसी एसिया बैङ्कको सबैभन्दा बढी सेयर कारोबार भएको छ । एनआईसीको प्रतिकित्ता ४५१ रुपैयाँमा ४ करोड १८ लाख ५९ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

यस्तै शिवम् सिमेन्ट लिमिटेडको प्रतिकित्ता ६७१ रुपैयाँमा ३ करोड ९० लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको हो । विकास बैङ्क, उत्पादनमूलक र म्युचलअल फन्डबाहेक सबै परिसूचक घटेका छन् । बजार घट्दा वल्र्ड मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।