एनआईसी एसिया बैङ्कको सेयर मूल्य लाग्याे ओरालो

गत जेठ १६ गते बैङ्कको सेयर प्रतिकित्ता ४८५ रुपैयाँमा कारोबार भएको थियो । ११ दिनको अवधिमा एनआईसीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँ घटेको छ ।

काठमाडौं । पछिल्लो समयमा एनआईसी एसिया बैङ्कको सेयर मूल्य ओरालो लाग्न थालेको छ । बढेर झण्डै ५०० रुपैयाँ नजिक पुगेको एनआईसी एसियाको सेयर मूल्य पछिल्लो समयमा निरन्तर घटेर सोमबार प्रतिकित्ता ४५१ रुपैयाँमा सीमित भएको छ ।

बैङ्कका विषयमा विभिन्न टिक्काटिप्पणी हुन थालेपछि यसको असर बजारमा परेको लगानीकर्ताको भनाई छ । गत जेठ १६ गते बैङ्कको सेयर प्रतिकित्ता ४८५ रुपैयाँमा कारोबार भएको थियो ।

११ दिनको अवधिमा एनआईसीको सेयर मूल्य प्रतिकित्ता ३४ रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा एनआईसी एसियाले सावा २ अर्ब रुपैयाँ नाफा गरेको छ ।