राधी विद्युत कम्पनीले दिनेभयो १० प्रतिशत लाभांश

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।