छ महिना बाँकी हुँदा भ्रमण वर्षको प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति

प्रदेशस्तरीय समितिमा मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तर)को निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको जनाइएको छ ।

काठमाडौं । भ्रमण वर्ष २०२० सुरु हुन ६ महिना मात्र बाँकी रहेका बेला प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्त्वाकाङ्क्षी योजना अघि सारे पनि तयारी तीव्रगतिमा नभएको भन्दै आलोचना भइरहेका बेला प्रदेशस्तरीय समिति गठन गरेको हो ।

स्व. संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गत पुस महिनामा भएको मूल समितिको बैठकमा तत्काल प्रदेशस्तरीय समिति गठन गरी प्रचारप्रसारलाई तीव्रता दिन अनुरोध गरेका थिए । तर, लामोसमयसम्म प्रदेशस्तरीय समिति गठन हुन सकेको थिएन ।

प्रदेशस्तरीय समितिमा मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी (प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तर)को निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको जनाइएको छ ।

समितिमा सम्बन्धित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्यहरू रहने गरी सात ओटै प्रदेशमा समिति गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

भ्रमण वर्ष अभियान सञ्चालन गर्न क्षेत्रगत तथा विषयगत निकायका अतिरिक्त तहगत सहकार्य एवम् सामञ्जस्यता कायम गरी भ्रमण वर्षसम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रदेशको आवश्यकताअनुरुप सदस्यहरु थपघट हुने जनाइएको छ ।

पर्यटन प्रवर्द्धन समितिअन्तर्गत प्रदेश १ मा १७, प्रदेश २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

याे पनि हेर्नुहाेस्

भ्रमण वर्ष २०२० को प्रदेश समिति पनि गठन भएन