गुराँश लाइफको ३ लाख २२ हजार कित्ता सेयर लिलामीमा

हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने मिति असार ५ देखि सुरु भई १२ गतेसम्म रहने कम्पनीले जनाएको छ । संस्थापकको न्युनतम १ हजार र सर्वसाधारणको १०० कित्तालाई आवेदन दिनुपर्ने छ ।

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिक्री नभएको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीले चुत्तापुँजी बढाउन निष्कासन गरेको मध्ये ३ लाख २२ हजार ५७६ कित्ता हकप्रद सेयर साविकका सेयरधनीले नलिएपछि गुराँशले लिलामी गर्न लागेको हो ।

यसमध्ये संस्थापकतर्फ २ लाख ४० हजार ५७१ र सर्वसाधारण समूहको ८२ हजार ५ कित्ता रहेको कम्पनीले जनाएको छ । हकप्रद सेयर खरिदका लागि बोलपत्र पेश गर्ने मिति असार ५ देखि सुरु भई १२ गतेसम्म रहने कम्पनीले जनाएको छ ।

संस्थापकको न्युनतम १ हजार र सर्वसाधारणको १०० कित्तालाई आवेदन दिनुपर्ने छ ।