एनएमबी क्यपिटलले ल्याउने भयो १२० करोडको म्युचअल फण्ड

एनएमबीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई एनएमबी ५० म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।

काठमाडौं । एनएमबी बैङ्क अन्र्तगतको एनएमबी क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ ।

एनएमबीले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई एनएमबी ५० म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले एनएमबीलाई म्युचअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ ।

फण्डको प्रवद्र्धक बैङ्क र कोष व्यवस्थापक एनएमबी क्यापिटल रहेको छ । बोर्डले हालसम्म ४ ओटा मर्चेन्ट बैङ्करलाई ३ अर्ब ९० करोड रुपैयाँ बराबरको ३९ करोड इकाई निष्कासन गर्न अनुमति दिएको छ ।