नयाँ न्यून बिन्दुमा नेप्से सूचक

आइतबार नेप्सेमा १४६ कम्पनीको ३ हजार ७ सय ३८ कारोबारबाट २९ करोड १८ लाख रुपैयाँबराबरको ५ लाख २८ हजार ६ सय ४० कित्ता सेयर बिनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक करोबार रकमभन्दा कम हो ।

सेयर बजार निरन्तर ओरालो लागेर एकपछि अर्को न्यून बिन्दु बनाउने क्रममा देखिएको छ । यसले बजार अझै घट्ने सङ्केत गर्छ । गत साताभर ३७ अङ्कले घटेको भए पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अघिल्लो साताको न्यून बिन्दुभन्दा तल गएको थिएन । तर, यो साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अङ्कले घटेर पुनः नयाँ न्यून बिन्दु बनाएको छ ।

आइतबार कारोबार सुरु हुँदादेखि निरन्तर घटेर बन्द हुँदासम्म १२ अङ्कभन्दा धेरैले घटेर १३७४ अङ्कमा झरेको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि घटेर २९ करोडमा सीमित भएको छ ।

गत साताभर नेप्से सूचक निरन्तर घटेको भए पनि विगतको न्यून बिन्दुभन्दा तल नगएको हुनाले बजार फर्कने आशामा सेयर लगानीकर्ता थिए थिए । तर, अर्थमन्त्री को बन्छ भन्ने हल्ला यो साताको पहिलो दिन पनि सेयर नकारात्मक नै देखियो । १४ सयभन्दा तल आएको नेप्से सूचक गत साताको अन्तिम दिन केपी ओली प्रधानमन्त्री भएपछि ३६ अङ्कले बढेर पुनः १४ सय माथि गएको थियो ।

सेयर बजार सूचक यसभन्दा अघि १३८० मा पुगेर फर्केको थियो । तर, यो साताको पहिलो दिन त्यो भन्दा तल गएको छ । सेयर बजार घट्दो क्रममा हुँदा एकपछि अर्को न्यून बिन्दु बनाउँछ भने बढ्ने क्रममा एकपछि अर्को नयाँ उचाइ ।

आइतबार कारोबार सुरु हुँदा १३८६.९८ अंकमा रहेको नेप्से १२.२५ अङ्कले घटेर १३७४.७३ अङ्कमा झरेको छ । नेप्सेसँगै क वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि २.६७ अङ्कले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक घटेको हो । आइतबार नेप्सेमा कारोबार भएका सम्पुर्ण समूहगत सुचक घटेका छन् । नेप्सेमा कारोबार भएका मध्ये बैङ्किङ १३.६५, विकास बैङ्क १०.५, जलविद्युत् १५.६७, वित्त २.४३, बिमा ४५.२७, उत्पादनमूलक ५.७३, अन्य ३.९७ र लघुवित् समूह १२.९ अङ्कले घटेका हुन् । तर, कारोबार भएका समूहगत सूचकमध्ये होटल समूह मात्र १.७१ अङ्ले बढेको छ ।
आइतबार नेप्सेमा १४६ कम्पनीको ३ हजार ७ सय ३८ कारोबारबाट २९ करोड १८ लाख रुपैयाँबराबरको ५ लाख २८ हजार ६ सय ४० कित्ता सेयर बिनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक करोबार रकमभन्दा कम हो ।