सेयर बजार सुचक निरन्तर घटेर एक वर्षकै न्यून विन्दुमा झरेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक करिब १६ अंकले घटेर पछिल्लो एक वर्षकै न्यून विन्दुमा झरेको हो ।
सेयर बजारमा बाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको ४ गुणा चुक्ता पुँजी वढाउदा सेयर बजार अधिक आपुर्ति भएपनि नेप्से घटेको हो । २०७३ साउन १३ गते १८८८ अंकमा पुगेको नेप्से परिसूचक घट्दो क्रममा देखिएपछि २०७३ साल फागुन १ गते १२५२.५ मा झरेको थियो । त्यसपछि पुन सुधारको गतीमा रहेको नेप्से सुचक १६ देखि १७ सयको विचमा खेलेको थियो ।
तर, ्चालु आर्थिक वर्षदेखि निरन्तर घट्दो क्रममा रहेको नेप्से सोमबार करिब १३ महिना यताकै न्यून विन्दुमा झरेको हो । बैंक वित्तीय संस्थाको चुक्ता पुँजी वढाउने नेपाल राष्ट्र बैंकको नीतिले वढेको सेयर बजार सोही क्षेत्रको सेयर आपसर्ति धेरै हुँदा घटेको हो । त्यसका साथै सेयर कर्जा तथा आभर ड्राफ्ट कर्जामा नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि सेयर बजार थप चेपुवामा परेको हो । पछिल्लो वर्षमा वित्तीय प्रणालीमा कर्जा लगानी योग्य रकमको अभाव भएका कारण कर्जा प्रबाहमा नियन्त्रण र निक्षेप आकर्षण गर्नका लागि बैंकहरुले व्याजदर वढाउन थालेपछि सेयर लगानीकर्ताको मनोबल थप कमजोर भएको हो ।
सेयर बजारमा धितोपत्रको आपुर्ति धेरै भएपछि बजार घटेको बताउदै सेयर लगानीकर्ता सारदा सुवेदीले भनीन,“बैंक वित्तीय संस्थाको बोनस तथा हकप्रद सेयर आयो भने बिमा क्षेत्रमा नयाँ कम्पनी आए त्यसले गर्दा सेयर बजार प्रभावित भयो ।” त्यसका साथै राजनीतिक बातावरण पनि सेयर बजार मैत्री हुनेमा संङका लगेकाले लगानीकर्ता आत्तीएको उनको भनाइ छ ।
सेयर बजार परिसूचकले हरेक दिन एक पछि अर्को न्यून विन्दु वनाउने क्रम देखिएकाले धितोपत्रको दोस्रो बजार वियरीस ट्रण्डमा देखिएको हो । पछिल्लो समयको गिरावटलाइ हेर्दा बजार तत्काल सुधार हुने अवस्थामा देखिदैन । सुचिकृत कम्पनीले पनि पुँजी वृद्धि गरेको अनुपातमा प्रतिफल दिने अवस्था छैन ।
सोमबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ७५ प्रतिशत लाभांस घोषण गर्दै गर्दा सोमबार १२ रुपैयाँ मात्र सेयर मूल्य वढेको छ । ७५ प्रतिशत प्रतिफल दिदा कम्पनीको सेयर मूलयमा देखिएको सुधार पनि उत्साहजनक होइन ।
गत साताभर ३७ अंकले घटेको नेप्से आइतबार १२ अंकले घटेको थियो भने सोमबार करिब १६ अंकले घटेको छ । पछिल्लो साता सेयरबजारमा देखिएको गिरावटको कारण डा. युवराज खतिवडा अर्थमन्त्री बन्ने भन्ने विषयले पनि प्रभावित गरेको छ । सोमबार डा. खतिवडा अर्थमन्त्री बन्ने करिब निश्चीत भएपछि लगानीकर्ताले सेयर बिक्री गर्न थालेका हुन । दैनिक २० करोडको हाराहारमिा कारोबार हुने नेप्सेमा सोमबार ५५ करोडको सेयर कारोबार भएको छ । घट्दो बजारमा कारोबार रकम वढ्न बिक्री गर्ने लगानीकर्ता धधेरै छन भन्ने बुझिन्छ ।
सोमबार कारोबार सुरु हुँदा सामान्य सुधार आएको नेप्सेमा केहि समयपछि नै नकारात्मक क्रम सुरु भएको थियो । केही समयमा नै घट्न थालेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १३७४.५३ अंकमा रहेको नेप्से १५.७८ अंकले घटेर भन्दा धेरैले घटेर १३५८.९५ अंकमा झरेको छ ।
नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक घटेको हो । नेप्सेमा कारोबार भएका सम्पुर्ण समूहगत सुचक घटेका छन । नेप्सेमा कारोबार भएका मध्ये बैंकिङ ९.८४, विकास बैंक ११.५, जलविद्युत २९.२८, वित्त ६.१७, बिमा १२२.५, उत्पादन मूलक ३२.४२, होटल ५७.८, ब्यपार २.११, अन्य ८.९७ र लघुवित्त समूह ३०.१६ अंकले घटेका हुन ।
सोमबार नेप्सेमा १५१ कम्पनीको ४ हजार ८ सय २ कारोबारवाट ५५ करोड २४ लाख रुपैयाँ बरावरको १४ लाख ३८ हजार ८ सय ८६ कित्ता सेयर बिनबेच भएको छ ।