मङ्गलबार दिँउसो साढे १ सम्म नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साढे १८ अङ्कले उकालो लागेको छ । अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजारले नयाँ अर्थमन्त्री खतिवडाबाट राम्रै अपेक्षा बजार गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडा आउने हल्ला चलेसँगै निरन्तर घट्न थालेको सेयर बजार उनको नियुक्तिपछि सम्हालिएको छ । खासगरी अर्थतन्त्र बुझेका र मुलुकको विकासको दिशानिर्देश गर्न सक्ने व्यक्तिका रुपमा सबैतिर चर्चा सुरु भएपछि बजार उकालो लागेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नियुक्त हुँदा पनि बजार ३६ अङ्कले बढेको थियो ।
मङ्गलबार दिँउसो साढे १ सम्म नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) साढे १८ अङ्कले उकालो लागेको छ । अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजीबजारले नयाँ अर्थमन्त्री खतिवडाबाट राम्रै अपेक्षा बजार गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेयर बजार र यसको महत्त्व बुझेका अर्थमन्त्री भएकाले आगामी दिन सेयर लगानीकर्ताका लागि सुखद हुने बुझाइ सरोकारवालाको छ । विगतमा अर्थनीति एकजनाले बनाउने र कार्यान्वयन अर्कोले गर्ने परिस्थिति हुँदा लगानीकर्ता झन मारमा पर्ने गरेको अनुभव पनि लगानीकर्तासँग छ ।
खासगरी नेपाल राष्ट्र बैङ्कमा गभर्नरका रुपमा रहँदा सेयर धितो कर्जामा कडाइ गरेका कारण उनको आलोचना हुने गरेको हो । राष्ट्र बैंकमा रहँदा पूर्ववर्ती गभर्नर विजयनाथ भट्टराईले घरजग्गाको कारोबारमा गरेका नीतिगत व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गरेको, बैङ्करहरुको सेवासुविधामा सीमा लगाएका कारण घरजग्गा दलाल, बैङ्कर्स एवम् अर्थतन्त्रका बिचौलियाहरु त्राहिमाम् थिए । तर वास्तविक लगानीकर्तालाई यी नीतिले राम्रै सहयोग गरेको थियो । त्यसैगरी बैङ्क तथा वित्तीय संस्थाहरुबीच मर्जरको सुरुवात, नयाँ संस्था खोल्न प्रतिबन्ध, बैङ्कहरुको कर्जा र निक्षेपमा सीमा, वित्तीय पहुँच विस्तारमा लिएको नीतिले लगानीकर्तालाई पनि सुरक्षित रहन बाटो खोलेको थियो ।
केही लगानीकर्ताले खतिवडाको त्यही पुरानो विषयलाई लिएर अहिले आलोचना गरे पनि झन नीति बनाउने र कार्यान्वयन गर्ने एकै व्यक्ति हुँदा समयको बचत हुन्छ नै भनेका कुरा लागू हुने वातावरण पनि बन्छ ।