सेयर बजारमा ६ अङ्कको सुधार

मङ्गलबार नेप्सेमा १५३ कम्पनीको ४ हजार ३ सय १९ कारोबारवाट ६६ करोड ६८ लाख रुपैयाँबराबरको ११ लाख ५१ हजार ९ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब ६ अङ्कले बढेको छ । केही दिनदेखि निरन्तर ओरालो लागेको नेप्से मङ्गलबार बढेको हो । सोमबार करिब १३ महिनायताकै न्यून बिन्दुमा झरेको नेप्से मङ्गलबार बढेको हो । मङ्गलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको हो । मङ्गलबार कारोबार सुरु भएदेखि सुधारमा रहेकको नेप्से मध्य समयमा करिब १९ अङ्कसम्मले बढेको थियो । तर, कारोबारको अन्तिम समयमा सुधारमा कमी आएको थियो ।

सोमबार १३५८ मा झरेको नेप्से मङ्गलबार माथि चढेको छ । मङ्गलबार नेपाल टेलिकम सूचीकृत अन्य समूहमा दोहोरो अङ्कको सुधार आएपछि समग्र बजार सूचक सकारात्मक भएको हो । नेप्सेमा नेपाल टेलिकमसहित वाणिज्य बैङ्क र लघुवित्त पनि सेयर मूल्य बढेपछि समग्र बजार सूचक बढ्न थप मद्दत पुगेको हो ।

मङ्गलबार नेप्से सचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा मङ्गलबार पनि ५५ करोडभन्दा धेरैको सेयर किनबेच भएको छ । यो कारोबार रकम सोमबारको हाराहारी हो ।

नेप्सेमा कारोबार सुरु हुँदा १३५८.९५ अङ्कमा रहेको नेप्से सूचक ५.८६ अङ्कले बढेर १३६४.८१ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।

मङ्गलबार नेप्सेमा बैङ्क वित्त तथा अन्य क्षेत्रका कम्पनीको सेयरमूल्य बढेको छ । नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैङ्किङ, ५.८६, होटल ३१.२६, वित्त ३.०३, अन्य ११.९ र लघुवित्त समूह ०.९८ अङ्कले बढेका छन् । तर, विकास बैङ्क ०.३७, जलविद्युत् १.१६, बिमा २.६२ र उत्पादनमूलक १०.४१ अङ्कले घटेका छन् ।

मङ्गलबार नेप्सेमा १५३ कम्पनीको ४ हजार ३ सय १९ कारोबारवाट ६६ करोड ६८ लाख रुपैयाँबराबरको ११ लाख ५१ हजार ९ सय ६५ कित्ता सेयर किनबेच भएको छ ।