सुरुमा रिसेप्सनिस्ट, त्यसपछि बेलबोय, हुँदै रुम सफा गर्नेसम्मको काम राजेन्द्र बजगाईंका जीवनका खातामा छन् ।
१. जागिरे जीवन
गोरखामा जन्मिएका बजगाईंको सन् १९९३ बाट जागिरे जीवन सुरु भएको हो । उनले सुरुमा ‘रिसेप्सनिस्ट’ को काम पाएका थिए । चार वर्षसम्म जागिरे जीवनमा उनी होटलको विभिन्न पदमा पुगे । सुरुमा रिसेप्सनिस्ट, त्यसपछि बेलबोय, हुँदै रुम सफा गर्नेसम्मको काम उनका जीवनका खातामा छन् ।
उनले ट्रान्स हिमालयन, हिमालयन कटेज र तेङ्की होटलमा विभिन्न पदमा बसेर काम गरे, अनुभव बटुले । त्यति मात्रै हैन, आफूलाई थप ऊर्जाशील बनाउन पनि त्यहाँबाट धेरै प्रेरणा पाए ।
२. व्यावसायिक जीवन
छोटो समयको जागिरे जीवनपछि बजागाईंले आफूलाई उद्यमशीलतातर्फ अघि बढाए । उनले १९९८ मा आफैले कम्पनी दर्ता गरेर ट्रेकिङ व्यवसाय सुरु गरे । गोरखा इन्काउन्टर्स नामक कम्पनी स्थापना गरी ट्रेकिङ व्यवसाय सुरु गरे । आज तिनै बजगाईंले रुपन्देही (भैरहवा) मा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालमा ल्याइसकेका छन् ।
पर्यटन व्यवसायीका रुपमा स्थापित उनले चार वर्षको अवधिमा पाँचतारे रिसोर्ट सञ्चालमा ल्याएका हुन् ।
३. राजनीतिक यात्रा
व्यावसायिक यात्रामा सफल बनेका उनले आफ्नो राजनीतिक यात्रालाई पनि निरन्तर अघि बढाइरहेका छन् । हुन त जागिरे जीवन सुरु हुनुपूर्व उनी नेपाली काङ्ग्रेसको राजनीति गर्थे । उनी २०५२ सालमै काङ्ग्रेसको सक्रिय सदस्य भइसकेका थिए । त्यसैगरी, उनी दुई पटक महासमिति सदस्य र प्रदेशसभाको चुनावमा गोरखाबाट मैदानमा उत्रिए । उनलाई घुम्तीयुक्त जीवन मनमोहक लाग्छ ।
बजगाईं सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका बोर्ड डाइरेक्टर तथा
टाइगर प्यालेस रिसोर्टका अध्यक्ष हुन् ।