अकुत सम्पत्ति मुद्दामा धरौटीमा छुटे शर्मा

विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई ४५ लाख धरौटीमा रिहा गरेको छ ।

अख्तियारले अकुत सम्पत्ति मुद्दामा ४ करोड २९ लाखको बिगो दाबी गर्दै शर्मालाई मुद्दा दायर गरेको थियो । सोहि मुद्दामा विशेष अदालत, काठमाडौंले ४५ लाख धरौटी मागेपछि शर्माले इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएका हुन् । शर्माको मुद्दाको पेसी २२ गतेलाई तोकिएको छ । शर्मालाई न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीराज ढकालको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

अख्तियारले ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ सम्पत्तिको स्रोत नखुलेको दाबी गर्दै गत माघ १५ मा मुद्दा दायर गरेको थियो । शर्माविरुद्धको अर्काे कर फछ्र्यौट आयोगले गरेको फैसलाबारे मुद्दा विचाराधीन छ ।