सानिमाको १ अर्ब २० करोडको सामूहिक लगानी कोष बिक्री खुला

सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको सामूहिक लगानी कोषको इकाइ मङ्गलबारदेखि निस्कासन सुरु गरेको छ । क्यापिटलले छिटोमा मङ्सिर १५ गतेभित्र खरिद गर्ने गर्न पाउने गरी प्रतिइकाइ १० रुपैयाँका दरले १२ करोड इकाइ सर्वसाधारणले किन्न पाउने गरी बिक्री सुरु गरेको हो । सानिमा बैङ्क कोष प्रवद्र्धक र कोषको योजना व्यवस्थापकमा सानिमा क्यापिटल छ ।

यो इकाइ सातवर्षे अवधिको हो । कुल इकाइको १५ प्रतिशत इकाइ भने सानिमा बैङ्क र सानिमा क्यापिटलले किन्नेछन् । कम्पनीले आवेदन आस्वा प्रणालीमार्फत दिन सकिने व्यवस्था गरेको छ । सर्वसाधारणले न्यूनतम १ सय इकाइ अर्थात् एक हजार रुपैयाँदेखि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।