माउण्टेन हाइड्रो नेपालले साढे १२ लाखको साधारण सेयर जारी गर्दै

माउण्टेन हाइड्रोपावर नेपालले १२ लाख ५० हजार रुपैयाँ बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले गत असोज २५ गते नेपाल धितोपत्र बोर्डसँग शेयर निष्कासन गर्न अनुमति पत्र बुझाएको थियो ।

पाँचथर जिल्लाको फिदिम गाउँपालिकामा निर्माण भइरहेको २१ दशमलव ६ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माणका लागि कम्पनीले शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि ३० प्रतिशत र संस्थागतका लागि ७० प्रतिशत स्वामित्व रहेको कम्पनीमा पहिलो चरणमा सर्वसाधारणका लागि १० प्रतिशत शेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारणका लागि १२ लाख ५० हजार शेयर निष्कासन गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । कम्पनीले शेयर निष्कासन गर्न बिक्री प्रवन्धक तोकेको छ । कम्पनीले शेयर निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रवद्र्धक तोकेको हो । कम्पनीले आगामी चैत्रको दोस्रो साताभित्र शेयर निष्कासन गर्ने जनाएको छ ।