बुधबार नेप्सेमा १५८ कम्पनीको ५ हजार ६ सय ५७ कारोबारबाट ४२ करोड ६८ लाख रुपैयाबराबरको १० लाख ४७ हजार ४ सय ९४ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा कम हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि दोहोरो अङ्कले बढेको छ । बुधबार १८ अङ्कभन्दा धेरैले बढेपछि नेप्से परिसूचक पुनः १३ सयभन्दा माथि चढेको छ ।
साताको सुरुवातमा अर्थमन्त्री युवराज खतिवडाले सयर बजारको लगानी अनसत्पादक भनेपछि उच्च अङ्कले घटेको सेयर बजार बिनाकारण सुधारको गतिमा देखिएको हो । सेयर बजारमा मङ्गलबारदेखि बढ्न थालेको बुधबार पनि दोहोरो अङ्कको सुधार कायम छ ।
अर्थमन्त्रीलाई देखाएर बजारमा चलखेल गर्न थालेको भए पनि यो साताका पछिल्ला दिनमा सेयर बजार बढ्न थालेको हो । सेयर बजार परिसूचक बढेको भए पनि कारोबार रकममा भने आशातित सुधार आउन सकेको छैन ।
बुधबार कारोबार सुरु हुँदादेखि सुधारको गतिमा रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । तर, कारोबारको मध्य समयमा सुधारको गतिमा भने केही कमी आएको भए पनि कारोबार बन्द हुँदा बढ्ने क्रम कायम नै रह्यो । कारोबार सुरु हुँदा १२९६.४४ अङ्कमा रहेको नेप्से १८.६९ अङ्कले घटेर १३१५.६९ अङ्कमा पुगेको छ । नेप्से संगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ४.०३ अङ्कले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ १५.५५, विकास बैङ्क १९.९१, वित्त ३.३३, लघुवित्त २५.६४, जलविद्युत् ३०.७३, बिमा १६१.४३, व्यापार ३.०४, होटल २४.५६ र अन्य समूह ३.०९ अङ्कले बढेका छन् । तर, बुधबार नेप्सेमा उत्पादनमूलक समूह भने २.३९ अङ्कले घटेको छ ।
बुधबार नेप्सेमा १५८ कम्पनीको ५ हजार ६ सय ५७ कारोबारबाट ४२ करोड ६८ लाख रुपैयाबराबरको १० लाख ४७ हजार ४ सय ९४ कित्ता सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा कम हो ।