नेपालमा भएका तीन अन्तर्राष्ट्रिय ठूला विमान दुर्घटना

नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना सन् १९९२ जुलाई ३१ मा भएको थियो । मौसमका खराबीले थाई एयरलाइन्सको उडान नं टीजी–३११ दुर्घटना हुँदा विमानमा सवार ९९ यात्र्ु र १४ जना चालक दलका सदस्यसहित सबै एक सय १३ जनाको ज्यान गएको थियो । थाई एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाण्डौ अवतरण गर्ने क्रममा ३ सय नटिकल माइल प्रतिघण्टा ग्राउण्ड स्पिडमा उपत्यकाबाट ३७ किलोमिटर उत्तरपट्टि ११ हजार पाँच सय फुट अल्टिच्युटको पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

सोमबार बङ्गलादेशबाट काठमाडौंका लागि उडेको यूएस बङ्गाल एयरलाइन्सको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिँदा दुर्घटना भयो । ६७ जना यात्रु र चालक दलका सदस्य सहित ७१ यात्रु बोकेर आएको जहाज २ बजेर १८ मिनेटमा दुर्घटना हुन पुगेको हो ।

जहाजमा ३३ जना नेपाली भएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । त्यसैगरी, यसअघि पनि अन्तर्राष्ट्रिय विमान दुर्घटना भएका थिए । नेपालमा पहिलो अन्तर्राष्ट्रिय विमान दुर्घटना सन् १९९२ जुलाई ३१ मा भएको थियो । मौसमका खराबीले थाई एयरलाइन्सको उडान नं टीजी–३११ दुर्घटना हुँदा विमानमा सवार ९९ यात्र्ु र १४ जना चालक दलका सदस्यसहित सबै एक सय १३ जनाको ज्यान गएको थियो । थाई एयर बसको ३०४ नम्बरको उक्त विमान काठमाण्डौ अवतरण गर्ने क्रममा ३ सय नटिकल माइल प्रतिघण्टा ग्राउण्ड स्पिडमा उपत्यकाबाट ३७ किलोमिटर उत्तरपट्टि ११ हजार पाँच सय फुट अल्टिच्युटको पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

त्यसको दुई महिनापछि अर्थात् २८ सेप्टेम्बर १९९२ मा पाकिस्तान एयरलाइन्सको उडान नं. २६८ विमान दुर्घटनामा पर्यो । उक्त विमान दुर्घटनामा १ सय ६७ जनाको ज्यान गएको थियो । ए थ्री हण्ड्रेड एयरबस उपत्यकाको दक्षिणपट्टिस्थित २५ सय २४ मिटर अग्लो पहाड भट्टेडाँडामा २ हजार २ सय मिटरको उँचाइमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसै गरी ७ जुलाई १९९९ मा लुफ्थान्साको कार्गो विमान दुर्घटना भएको थियो । यस दुर्घटनामा चालक दलका चार जना सदस्य मारिएका थिए ।

२०७१ फागुन २० गते तदनुसार २०१५ मार्च ४, मा उडान नं टीके ७२६ को टर्किस एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । अवतरणका क्रममा बिहान पौने आठ बजे धावनमार्गमा ल्यान्ड गरेलगत्तै धावनमार्गको केन्द्रीय लाइन छोडेर विमान रोकिने मार्गतिर गएर बाहिर चौरमा धस्सिएको थियो । विमानमा कुल २२४ जना यात्रु थिए, भाग्यले कोही पनि हताहत भएनन् । केहीलाई सामान्य चोट लागेको थियो ।

पछिल्लो दुर्घटना आज (१२ मार्च २०१८) अपरान्ह दुई बजेतिर यूएस बाङ्गला एयरलाइनको विमान अवतरण गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भयो ।