अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै दुर्घटनपछि एटीसीका कर्मचारीलाई सोही ड्यूटीमा नराख्ने प्रावधान अनुसार नै ड्यूटीबाट हटाइएको गौतमले बताए । पाइलट र कन्ट्रोलको कर्मचारीबीच भएको कुराकानी कर्मचारीबाटै बाहिर आएको हुनसक्ने भन्दै क्यानले उनीहरुको सरुवा गरेको हो । ‘यसरी दुई पक्षीयबीच भएको कुराकानी बाहिर सार्वजनिक हुनु आफैमा ठूलो अपराध हो,’ क्यान स्रोतले ‘एटीसीमा बस्ने कर्मचारीमाथि छानविन हुन्छ ।’
विमानस्थल कर्मचारी र सोमबार दुर्घटना भएको युएस बंगला एयरका पाइलटविचको कुराकानीको अडियो सार्वजनिक भएपछि एयर ट्राफिक कन्ट्रोल (एटीसी) का ६ कर्मचारीलाई ड्यूटीबाट हटाइएको छ । अत्यन्तै गोप्य कुराकानी सार्वजनिक भएपछि नागरिक उड्डयान प्राधिकरण (क्यान) ले ६ जना कर्मचारीलाई एटीसी विभागको ड्यूटीबाट हटाइएको हो ।
‘अत्यन्तै गोप्य कुराकानी कसरी सार्वजनिक भयो भन्ने बारेमा हामीले अध्ययन गरिरहेका छौं,’ क्यानका महानिर्देशक सञ्जीव गौतमले भने । सोमबारको पत्रकार सम्मेलनमा पनि महानिर्देशक गौतमले अति गोप्य अडियो बाहिर आउनु अपराधजस्तै भएकाले छानविन गर्ने बताएका थिए ।
अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै दुर्घटनपछि एटीसीका कर्मचारीलाई सोही ड्यूटीमा नराख्ने प्रावधान अनुसार नै ड्यूटीबाट हटाइएको गौतमले बताए । पाइलट र कन्ट्रोलको कर्मचारीबीच भएको कुराकानी कर्मचारीबाटै बाहिर आएको हुनसक्ने भन्दै क्यानले उनीहरुको सरुवा गरेको हो । ‘यसरी दुई पक्षीयबीच भएको कुराकानी बाहिर सार्वजनिक हुनु आफैमा ठूलो अपराध हो,’ क्यान स्रोतले ‘एटीसीमा बस्ने कर्मचारीमाथि छानविन हुन्छ ।’
कर्मचारीले आँखै अघि ठूलो दुर्घटना देखेको र उनीहरुको मनोविज्ञानमा असर पर्ने भएकाले सरुवा गरेको बताए पनि पाइलट र एटीसीका कर्मचारीबीच भएको कुराकानी बाहिर आएपछि सरुवा गरिएको क्यानले जनाएको छ । गौतमले के कसरी यस्तो गोप्य सूचना बाहिर गयो हामी आफै छक्क परिरहेको बताए । ‘कर्मचारीको मिलेमतो बिना यो सूचना बाहिर जान सक्दैन्,’ उनले भने, ‘यस विषयमा हाम्रो भित्रि अध्ययन सुरु भएको छ ।’
विमानभित्रको ब्लयाकबक्स जस्तै गोप्य र संवेदनशिल हुने एटिसी भ्वाइस रेकर्ड बाहिर आएपछि विमानस्थलको लापरवाही रहेको भन्दै आलोचनासमेत भएको छ ।