यूएस बंगला एयरलाइन्सले भन्यो, ‘एटीसीको गम्भीर लापरबाहीले जहाज दुर्घटना’

यूएस बंगला एयललाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले टावरमा बस्ने कर्मचारीले गलत सूचना दिएकाले जहाज दुर्घटना परेको बताएका छन् ।

यूएस बंगला एयरलाइन्सले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल एयर ट्राफिक कन्ट्रोलको गम्भीर लापरबाहीका कारण जहाज दुर्घटना भएको बताएको छ ।

यूएस बंगला एयललाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले टावरमा बस्ने कर्मचारीले गलत सूचना दिएकाले जहाज दुर्घटना परेको बताएका छन् ।

‘हाम्रो जहाजमा कुनै खराबी थिएन्,’ पत्रकारसँग कुराकानी गर्दै भने, ‘एटीसीका कर्मचारीले पाइलटलाई कम्फ्युज पार्ने सूचना दिएकाले ठूलो क्षति भएको हो ।’

उनका अनुसार अबिद सुल्तान नेपाल उडानमा लामो अनुभव बटुलेका पाइलट हुन । जहाजमा कुनै खराबी नहुनु तथा पाइलट पनि अनुभवी भएको हुँदा काठमाडौं टावरका एटीसीका अधिकारीले गलत सिग्नल दिएपछि चालक दलले धावनमार्गको कुन ठाउँबाट अवतरण गर्ने भन्ने नै थाहा नपाएर दुर्घटना भएको असिफले जानकारी दिए ।