सेयर बजारको सुधारमा निरन्तरता

बुधबार ४ अङ्कभन्दा धेरैले बढेको नेप्से बिहीबार पनि २ अङ्कभन्दा धेरैले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउने निर्णय गरेपछि कार्यान्वयन नगर्ने अवस्था देखिएपछि सेयर बजार केही सुधारको गतिमा देखिएको हो ।

सेयर बजार परिसूचक बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ । यो साताका पछिल्ला दिनमा देखिएको सेयर बजारमा सूचकको सुधारले आगामी दिन बजार अझै केही बढ्ने सङ्केत गरेको छ ।

तर, सेयर बजार सूचकमा सुधार आए पनि कारोबार रकममा आएको गिरावटले सेयर लगानीकर्ता अझै पर्ख र हेरको अवस्थाका रहेको बुझिन्छ । यो साता नेप्सेमा कारोबार हुने अन्तिम दिन बिहीबार धितोपत्र सूचकसँगै कारोबार रकममा पनि केही सुधार आएको छ ।

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २३ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै भए पनि चालू आर्थिक वर्षको पहिलो ६ महिनामा औसत दैनिक कारोबार रकम ६६ करोड रुपैयाँको तुलनामा निकै कम हो ।

बुधबार ४ अङ्कभन्दा धेरैले बढेको नेप्से बिहीबार पनि २ अङ्कभन्दा धेरैले बढेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज थप बढाउने निर्णय गरेपछि कार्यान्वयन नगर्ने अवस्था देखिएपछि सेयर बजार केही सुधारको गतिमा देखिएको हो ।

बिहीबार कारोबार सुरु भएदेखि बढ्दो क्रममा रहेको नेप्से बन्द हुँदासम्म कायम रह्यो । तर, कारोबारको अन्तिम समयमा बढ्ने क्रममा भने कमी आएको छ । कारोबार कारोबार सुरु हुँदा १२८५.९६ अङ्कमा रहेको नेप्से २.४० अङ्कले बढेर १२८८.३६ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएपछि समग्र बजार सूचक बढेको हो । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ ०.३१, विकास बैङ्क २.२७, जलविद्युत् १३.६७, अन्य समूह ४.०१, लघुवित्त २.४९, बिमा ९.६७, होटल ७५.७१ र वित्त समूह ०.१६ अङ्कले बढेको छ । तर, बिहीबार उत्पादनमूलक समूह भने २५.९ अङ्कले घटेको छ ।

बिहीबार नेप्सेमा १५१ कम्पनीको ३ हजार १ सय ५७ कारोबारवाट २३ करोड ३७ लाख रुपैयाँबरावरको ६ लाख २५ हजार ४ सय ६७ कित्ता सेयर खरिदबिक्री भएको छ ।