विकासोन्मुख देशबाट पनि एफडीआई आउनुपर्छ:  वाणिज्य सचिव चन्द्रप्रसाद घिमिरेसँगको अन्तर्वार्ता

आन्तरिक व्यापारको ५ प्रतिशत मात्र हामीले वितरण गरेका छौं । ईयूमा ६० प्रतिशत आन्तरिक व्यापार हुन्छ र आसियानमा २५ प्रतिशत हुने गरेको छ । हामीले यहाँको पोटेन्सियल (सम्भावना)लाई उपयोग नै गर्न सकेनौं । हामीले सजिलैसँग अहिले ४०÷५० अर्ब भएकोमा यसलाई सजिलैसँग डबल बनाउन सक्थ्यौँ । व्यापारमा लाभ लिन हामीले यो छलफलबाट क्लाइमेट सेटिङ गर्न ओपिनियन मेकरहरुलाई निम्ता गरेका छौं ।

नेपाल सार्कको सदस्य भएर पनि फाइदा लिन सकेको छैन । नेपालमा सार्क राष्ट्रबाट अत्यन्तै न्यून मात्रामा लगानी भित्रिएको छ । नेपालमा लगानीका ठाउँहरु प्रशस्त भए पनि लगानी भित्रिएको छैन । नेपालमा किन लगानी आउन सकेको छैन्, सार्क देशहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी अत्यन्त न्यून छ । सार्क देशहरुबीच आर्थिक सम्बन्ध मजबुत गर्न सरकार र निजी क्षेत्रले कसरी काम गर्नुपर्छ भनेर क्यापिटल नेपालले सचिव घिमिरेलाई सोधको प्रश्न ?

हामीले आन्तरिक ट्रेडलाई बढाउनुपर्छ । त्यो बढाउनकै लागि भनेर हामीले सार्कको अवधारणाभित्र साप्टा, पछि साफ्टा र त्यसपछि साटिसको अवधारणा ल्यायौं । र, विभिन्न मेकानिजमहरु पनि पूरा ग¥यौं । तर आन्तरिक व्यापार जति बढ्नुपर्ने थियो त्यति बढेन । त्यो तथ्याङ्कले देखाइसकेको छ । आन्तरिक व्यापारको ५ प्रतिशत मात्र हामीले वितरण गरेका छौं । ईयूमा ६० प्रतिशत आन्तरिक व्यापार हुन्छ र आसियानमा २५ प्रतिशत हुने गरेको छ । हामीले यहाँको पोटेन्सियल (सम्भावना)लाई उपयोग नै गर्न सकेनौं ।
हामीले सजिलैसँग अहिले ४०÷५० अर्ब भएकोमा यसलाई सजिलैसँग डबल बनाउन सक्थ्यौँ । व्यापारमा लाभ लिन हामीले यो छलफलबाट क्लाइमेट सेटिङ गर्न ओपिनियन मेकरहरुलाई निम्ता गरेका छौं । उहाँहरु वक्ताका रुपमा आउँदै हुनुहुन्छ । त्यसबाट सबैको कलेक्टिभ भ्वाइस आउने छ । यसले आगामी दिनमा गरिने नीति निर्माण र कार्यान्वयनमा सहयोग हुनेछ ।

सार्कअन्तर्गतका राष्ट्र नै कमजोर भएकाले सार्कले राम्रोसँग काम गर्न नसकेको भन्ने आरोप छ नि ?

संस्थागत क्षमता विकासोन्मुख देशहरु त्यसमा पनि एलडिसिजहरुमा विकसित देश (ओईसीडी)हरुबाहेक सबैको समस्या इन्स्टिच्युसनल क्यापासिटी कम नै हुन्छ । यहाँ दक्षिण एसियामा आउँदा त्यो केही हदसम्म हाम्रो संस्थागत क्षमताका कारण भएका निर्णय पनि कार्यान्वयनमा जाँदा समस्या परेको केही हदसम्म सत्य हो । तर, अहिले निजीक्षेत्र र सरोकारवालाहरु सबैले यस विषयलाई बलियोसँग उठाइरहनुभएको छ । यसमा हामीले संस्थागत क्षमता जस्तो छ, त्यसमा सुधार गरेर अघि बढ्नुको विकल्प छैन ।

सार्क देशहरुका समस्या साझा प्रकृतिका छन्, विश्वको सबैभन्दा ठूलो गरिबी यही क्षेत्रमा छ । यस सम्बन्धमा सदस्य राष्ट्रहरुले आत्मसमीक्षा गर्न जरुरी छ जस्तो लाग्दैन ?

यो सही हो । झन्डै ४०÷५० बिलियन जनसङ्ख्या गरिबीको रेखामुनि छन् यहाँ । यो भनेको संसारको गरिबीको एकतिहाइ हो । यस अर्थमा गरिबी निवारणमा हाम्रो भूमिका पक्कै पनि हुन्छ । दक्षिण एसियाली मुलुकमा आर्थिक समृद्धि, सांस्कृतिक एकात्मकता आदि पनि मिल्दो छ । भाषा, सिस्टम आदि पनि मिल्ने किसिमका छन् । सँगसँगै केही समस्या पनि उस्तै छन् । जसरी अन्यत्र मार्केट इन्टिगिरेसन गर्दा कमन प्रस्पेरिटी आउँछ, त्यसैगरी यहाँ पनि हामीले मार्केट इन्टिग्रेसनबाट हामी समृद्धितर्फ जाने हो । अनि गरिबी निवारणका लागि सहयोग पु¥याउने हो ।

सार्कका व्यवसायीहरुको सम्मेलन काठमाडौंमा हुँदै छ, यसमा संलग्न व्यावसायिक क्षेत्रका नेताहरुलाई तपाईंको के सुझाव छ ?

सार्कभित्रको लगानी बढाउनुपर्छ भन्ने मेरो सुझाव छ । हामीले भन्दै आएका छौं– विकसित मुलुकबाट मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउँछ । तर त्यसो होइन । विकासोन्मुख देशबाट एफडीआई आउने हो । दक्षिण एसियामै भारत अन्यत्र देशमा बढी एफडीआई लैजाने मुलुकमा पर्छ । भारतमा भएका मल्टिनेसनल कम्पनीमा टप हन्ड्रेड छान्दा झन्डै सात कम्पनी त्यहाँका पर्ने गरेका छन् । चीनसँग त्योभन्दा बढी २५ जति छ । यसको अर्थ हामीले हाम्रै भित्र लगानी बढाउन सक्छौँ भन्न खोजिएको हो । किनभने लगानी गर्न सक्ने क्षमता हाम्रा उद्योगीहरुमा, यहीँ भएका मल्टिनेसनल कम्पनीहरुसँग छ । मल्टिनेसनल कम्पनी भारतसँग मात्र छैनन्, थोरै सङ्ख्यामा भए पनि श्रीलङ्कासँग छन्, पाकिस्तानसँग र बङ्गलादेशसँग पनि छन् । हाम्रो आन्तरिक बढाउन उद्योगीहरुलाई अनुरोध गर्छु । जे हामीले यसअघि सम्झौता गरेर आएका छौँ, त्यसमा उहाँहरु तयार हुनुपर्छ । हामी पुग्न खोजेको सार्क इकोनोमी युनियनमा हो । त्यसका लागि हाम्रो उद्योगीहरु तयार भइदिनुप¥यो । भविष्यमा यही किसिमले अझ गतिवान् भएर गयौं भने सम्भवतः एकीकृत मुद्रामा जानुपर्ने पनि हुन सक्छ । त्यसमा तयार रहन र आफ्नो क्षेत्रबाट भरपूर सहयोग गर्न म उहाँहरुलाई आग्रह गर्छु ।

सार्कका वाणिज्यमन्त्रीहरुको बैठक (साफ्टा मिनिस्टीयल काउन्सिल)को बैठक नभएको चार वर्ष भयो । व्यावसायिक सम्मेलनका क्रममा सबै देशका वाणिज्यमन्त्रीहरु सहभागी हुँदै छन् । आफ्ना समकक्षीहरुसँग साफ्टा प्रक्रियालाई अघि बढाउने सम्बन्धमा तपाईंले कस्तोे पहल गर्नुहुन्छ ?

यो सम्मेलन उपयुक्त समयमा पक्कै बस्छ । साफ्टाको कार्यान्वयनको पाटोमा हामीले केही काम गर्नु आवश्यक छ । त्यसमा तीन विषय पर्छन् । एउटा ट्यारिफिलेबरलाइजेसन गर्ने, अर्काे रुल अफ ओरिजिन र तेस्रो सेन्सेटिभ लिस्टमाथि काम गर्ने हो । यसमा हामी भविष्यमा मिलेर काम गर्नुपर्छ । यसमा बुद्धिजीवी र सञ्चारमाध्यमले बढीभन्दा बढी आम नागरिकसमक्ष तपाईंहरुले आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध गर्छु ।