गुडविलको बुक क्लोज २५ गतेदेखि

गुडविल फाइनान्सको सेयर धनी किताब २५ मङ्सिरबाट बन्द हुने भएको छ । पुस ७ मा बस्ने कम्पनीको वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागिएको हो । मङ्सिर २५ देखि ७ पुससम्म बुक क्लोज हुने जानकारी प्रप्त भएको नेप्सेले बताएको छ ।

नागबेलीको मूल्य समायोजन
नागबेली लघुवित्त विकास बैङ्कको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले ४५ दशमलव ६ प्रतिशत बोनस सेयर दिएपछि भएको मूल्य समायोजनमा २ हजार ६ सय १३ रुपैयाँ कायम भएको छ । कम्पनीको औसत आधार मूल्य भने २ हजार ४ सय ४३ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

कन्काईको ६ प्रतिशत बोनस प्रस्ताव
कन्काई विकास बैङ्कले ६ दशमलव १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिले २ करोड ९० लाख रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउनका लागि सो बोनस सेयर जारी गर्ने भएको हो । कम्पनीले कर प्रयोजनका लागि १५ लाख २६ हजार रुपैयाँबराबरको नगद लाभांश दिने बताएको छ । गत असार मसान्तमा १५ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी भएको कन्काईले यसअघि हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी ४७ करोड १० लाख रुपैयाँ पुर्याएको थियो ।