नाफा बुक गर्न बजार बढाउँदै लगानीकर्ता

बुधवार नेप्से परिसूचक १५ सय ४८ अङ्कसम्म पुगेर व्यापारको अन्तिम समयमा ओरालो लागेको छ । अन्तिम समयमा १४ अङ्क घटे पनि अघिल्लो दिनको तुलनामा भने बजार सूचककाङ्क १२ दशमलव २६ अङ्क बढेको छ ।

सेयर बजारमा नाफा बुक गर्न लगानी बढाउने होडबाजी सुरु भएको ब्रोकरहरुले बताएका छन् । ‘केही ठूला लगानीकर्ता अहिले बजार बढाएर सेयर बेच्न चाहन्छन्,’ एक ब्रोकरले भने, ‘यसले नेप्सेमा सामान्य वृद्धि देखिएको छ ।’

बुधवार नेप्से परिसूचक १५ सय ४८ अङ्कसम्म पुगेर व्यापारको अन्तिम समयमा ओरालो लागेको छ । अन्तिम समयमा १४ अङ्क घटे पनि अघिल्लो दिनको तुलनामा भने बजार सूचककाङ्क १२ दशमलव २६ अङ्क बढेको छ ।

बुधवार नेप्से परिसूचक १५ सय ३६ अङ्कमा रोकियो । यस दिन १ अर्ब ५ करोड ३५ लाखभन्दा बढीको कारोबार भयो । बजार परिसूचकसँगै कारोबार रकम पनि बढोत्तरी भएकाले नेप्सेमा थप सुधार हुन सक्ने ब्रोकरहरू बताउँछन् ।

बुधवार बुटवल पावर कम्पनीको सेयर सर्वाधिक ६ करोड ९९ लाख रुपैयाँको कारोबार भयो । यो दिन नागबेली लघुवित्तको सेयर मूल्य सर्वाधिक ८ दशमलव ८८ प्रतिशत बढ्यो । हिमालयन डिस्टिलरीको सेयर मूल्य भने ९ दशमलव ९५ प्रतिशत सस्तिएको छ । यही कारण उत्पादन तथा प्रशोधन समूहको सूचकाङ्क भने ऋणात्मक भएको छ । बाँकी सबै समूहको परिसूचक उकालो लागेको देखिएको छ ।