सेयर बजार २६ महिनायताकै न्यून बिन्दुमा, बुधबार मात्र २९ अर्ब गुम्यो

बुधबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा केही सुधार आएको छ । मङ्गलबार ३२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेमा बुधबार ३७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेप्से घटेको समयमा कारोबार रकममा सुधार आउनु सकारात्मक भए पनि औसत दैनिक कारोबार रकम भन्दा थोरै कारोबार रकममा सुधार आउनुले खासै सकारात्मक सङ्केत गर्दैन ।

सेयर बजार परिसूचक घट्ने क्रम बुधबार पनि कायम रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ अङ््कभन्दा धेरैले घटे पनि पछिल्लो २६ महिनायताकै न्यून बिन्दु १२३१ मा झरेको हो ।

यसअघि २०७२ माघ १७ गते नेप्से परिसूचक १२२० अङ््कमा थियो । पछिल्ला दिनमा सेयर बजार निरन्तर ओरालो लागेर हरेक दिन नयाँ न्यून बिन्दु बनाएको छ । पछिल्लो समयमा सेयर बजामा धितोपत्रको आपूर्ति बढी र खरिद गर्ने लगानीकर्ताको मनोबल कजोर हुँदा बजार निरन्तर घटिरहेको छ ।
सेयर बजार परिसूचक मात्र घटेको छैन । हरेक दिन धितोपत्रको दोस्रो बजारको आकार पनि साँघुरिँदै गएको छ । मङ्गलबार नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब ७० अर्ब रुपैयाँबराबरको थियो । बुधबार त्यो आकारमा २९ अर्बले घटेर १४ खर्ब ४१ अर्बमा झरेको छ ।

सोमबार ८ अङ््भन्दा धेरैले घटेको नेप्से सूचक मङ्गलबार १५ अङ््कले घटेको थियो । बुधबार त्यो घट्दो क्रम झन् बढेर २४ अङ््कसम्मले घटेको छ । बैङ्क तथा वित्तीय चुक्ता पुँजी वृद्धिको कारणले सेयर बजारमा धितोपत्रको आपूर्ति अधिक भएपछि बजार निरन्तर घट्न थालेको हो । त्योसँगै वित्तीय क्षेत्रमा देखिएको कर्जायोग्य रकम अभावका कारण ब्याजदर बढ्न जाँदा सेयर बजार परिसूचकमा नकारात्मक असर परेको हो । ऋण लिएर सेयरमा लगानी गर्ने लगानीकर्ता निरुत्साहित भएकाले पनि बजारले बियरिस टे«न्ड लिएको हो ।

बुधबार नेप्से परिसूचक घटेको भए पनि कारोबार रकममा केही सुधार आएको छ । मङ्गलबार ३२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेमा बुधबार ३७ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेप्से घटेको समयमा कारोबार रकममा सुधार आउनु सकारात्मक भए पनि औसत दैनिक कारोबार रकम भन्दा थोरै कारोबार रकममा सुधार आउनुले खासै सकारात्मक सङ्केत गर्दैन ।

बुधबार कारोबार सुरु हुँदादेखि घट्न थालेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १२५५.४७ अङ््कमा रहेको नेप्से २४.४० अङ््कले घटेर अङ््कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५.४९ अङ््कले घटेको छ ।

नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । त्यसका साथै कारोबार भएका सम्पूर्ण समूहगत सूचक पनि घटेका छन् । नेप्सेमा कारोबार भएको समूहगत परिसूचकमध्ये बैङ्किङ २२.११, विकास बैङ्क १३.८६, जलविद्युत् २२.७, लघुवित्त ४८.५२, बिमा १८६.६९, वित्त समूह ६.४, अन्य ९.८५ र होटल २३.३१ अङ््कले घटेका छन । तर, उत्पादनमूलक समूह भने ५८.४८ अङ््कले बढेको छ ।

नेप्सेमा १५१ कम्पनीको ५ हजार ६ सय ५७ कारोबारबाट ३७ करोड ८३ लाख रुपैयाँबराबरको १४ लाख १७ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री भएको छ । मङ्गलबार नेप्सेको कुल कजार पुँजीकरणसमेत घटेर १४ खर्ब ४१ अर्बमा झरेको छ ।